Saturday, June 20News That Matters

उदयपुरका पत्रकारहरुलाई निशुल्क रोगप्रतिरोधात्मक आयुर्वेध औषधी सहयोग

पूर्णपुष्टि, जेष्ठ २१

नेपाल आयुर्वेध औषधी व्यवसायी संघ उदयपुरले उदयपुरका पत्रकारहरुलाई निशुल्क रोगप्रतिरोधात्मक आयुर्वेध औषधी उपलब्ध गराएको छ ।

करिब २० हजार बराबरको बिभिन्न ११ किसिमका आयुर्वेध औषधीहरु संघका अध्यक्ष ओमराज लिम्वु सहितको टोलीले शुक्रबार नेपाल पत्रकार महासंघ शाखा उदयपुरका प्रतिनिधिहरुलाई जिम्मा दिएको छ ।

संघको अध्यक्ष लिम्वुका अनुसार करिब ५५ देखि ६० जनालाई पुग्ने औषधी माहासंघमा उपलब्ध गराएको जनाउनुभयो । उहाँले महासंघद्धारा सबै पत्रकारहरुलाई वितरण गर्ने हिसावले उपलब्ध गराएको जनाउनुभयो ।संघले चेमन परास, ग्रिन टी, सबु लगायत बिभिन्न ११ किसिमका औषधी उपलब्ध गराएको हो । अग्रपंक्तिमा रहेर काम गर्नु पत्रकारहरुका लागि कोरोना बाट सुरक्षित रहन तथा संक्रमत भएको अवस्थामा पनि रोगप्रतिरोधात्मक क्षमता बढाउन मदत पुराउने हिसावले औषधी वितरण गरिएको अध्यक्ष लिम्वुले बताउनुभयो ।

औषधी जिल्लाभरीका सबै आयुर्वेध औषधी पसलहरुबाट उपलब्ध गराइएको हो । संघका समिति तथा जिल्लाका सम्पूर्ण औषधी व्यापारी, व्यवसायीहरुको सक्रियतामा आषधी जुटाइएको थियो ।