
पूर्णपुष्टि, २४ मंसिर ।
गाईघाट बजारको ग्यारेज पसलमा भिषण आगलागी भएको छ । आईतबार बेलुका करिब साढे ७ बजेको समयमा एक मोटरसाईकल ग्यारेजमा आगलागी भएको हो । त्रियुगा माविकको पछाडी पटि रहेका ग्यारेजमा आगलागी हुँदा लाखौको क्षेती भएको अनुमान छ । आगोले कतिवटा ग्यारेजमा क्षती पुरायो भन्ने बारे जानकारी आएको छैन् ।
आगो स्थानीय र प्रहरीले निभाउने प्रयास गरिरहेको छ । एक ग्यारेजबाट अन्यमा फनि आगो फैलिने अवस्था आएपछि आगो लागिरहेको बिचको संरचना भत्काएर आगो निभाउने काम भेरहेको छ । गाईघाट बजार स्थित डिएमेगेट जाने सडक विद्यालयको पछाडी रहेको ग्यारेजबाट आगो लागेको थियो । त्यस लाईन आसपास सबै ग्यारजे लाईनहरु पर्छ । आगलागीमा दमकल, प्रहरी, शसस्त्र प्रहरी, स्थानीय र स्काभेटर प्रयोग भैरहेको छ । थप जानकारी भने आउन बाँकी रहेको छ ।

