
पूर्णपुष्टि, असोज ७
गाईघाट स्थित एक कपडा पसलले दशैँ तिहार अफर मार्फत कपडा खरिदमा क्यास पुरस्कारको व्यवस्था गरेको छ । हरेक १५ सय बराबरको जुनसुकै कपडा खरिदमा रु १ सय देखी १५ सय सम्म हक्यास पुरस्कारको व्यवस्था गरिएको हो । गाईघाट असारी रोडमा रहेको नितेश फेसन कलेक्सनले बर्षेनी चिठ्ठाको कार्यक्रम राख्दै आएकोमा यो बर्ष भने क्यास पुरस्कारको व्यवस्था रहेको जनाए। गत बर्ष पनि कलेक्सनले बिभिन्न आकर्षक पुरस्कारहरु सहित भाग्शाली प्रथम पुरस्कारको रुपमा यामाहाको स्कुटर व्यवस्था गरेका थिए ।
सो स्कुटर भाग्यशाली पहिलो बिजेता मोतिगडाकी सरिता गजमेरले हात पारेकी थिईन् । यो बर्ष पनि कलेक्सनले हातखाली नजाने क्यास पुरस्कारहरुको व्यवस्था गरेको प्रोपाईटर रमेश कुमार रायले जनाउनुभयो । उक्त कार्यक्रम दशैँ, तिहार र छैठलाई लक्षित गरी ल्याईएको रायले जनाउनुभयो । हरेक कपडा खरिदमा क्यास पुरस्कारको व्यवस्था गरिएको र हरेक ग्राहकहरुले रु १५ सय माथीको कपडा खरिदमा अनिवार्य क्यास पुरस्कार जित्न सकिने छ । यो अफर छैठ पछि सम्म चल्ने जनाईएको छ ।

