Monday, April 20News That Matters

गाईघाटको पुरानो तरकारी बजारमा खुल्यो नयाँ ओमसर्जि क्लिनिक, शनिवार निशुल्क गर्भवती जाँच सहित थप सुविधाहरु

पूर्णपुष्टि, असोज २१
गाईघाटमा ओमसर्जी क्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टर प्रालि संञ्चालनमा आएको छ । गाईघाट स्थित पुरानो सब्जी बजार असारी रोड रुबि मेडिकल सँगै ओमसर्जी क्लिनिक खुलेको हो ।
बिभिन्न बिरामीहरुको सफल उपचारका लागि क्लिनिकमा अनुभवी डाक्टरहरु बाट उपचार गराईने भएको छ ।

क्लिनिकले प्रत्येक हप्ताको बुधबार निउरो फिजिसियन बिषेशज्ञ अनुभवी डा. पवन कुमार लाल दास बाट उपचार सेवा दिने भएको हो । डा. दास बिलरस, न्यु देल्ली जस्ता ठाउँबाट अध्यान गरेका बिषेशज्ञ न्युरो फिजिसियन डाक्टर हुन् । बुधबार बाहेकका दिनहरुमा अन्य डाक्टरहरुले सफल उपचार प्रदान गर्ने र बुधबार भने डा. पवन लाल दास बाट उपचार गरिने क्नििक संञ्चालक जय कुमार भगतले  जनाएको छ ।क्लिनिकमा दैनिक ओपिडि सेवा, भिडियो एक्स–रे, छाला रोग बिषेशज्ञा सेवा, हार्डजोर्नि तथा नसा रोग बिषेशज्ञ सेवा, बाल रोग बिषेशज्ञ सेवा, २४ घण्टा ल्याव सेवा लगायतका सुविधाहरु रहेको छ ।
हर समय बिरामीलाई सेवा दिने यस क्लिनिकले प्रत्येक हप्ताको सनिवार गर्भवती महिलाको निशुल्क जाँच गर्ने र अपाङ्ग, जेष्ठ नागरिकलाई ल्याव तथा भिडियो एक्स–रे मा २५ प्रतिसत सम्म छुटक व्यवस्था गरेको संञ्चालक भगतले बताए ।