
पूणर्पुष्टि, कार्तिक ३०
तिहारको समयमा जुवा खेलीरहेका अवस्थामा प्रहरीले बोक्सेबाट ९ जनालाई आइतबार पक्राउ गरेको छ । त्रियुगा नगरपालिका वडा नं १० स्थित प्रेम भट्राईको घरमा जुवा खेलीरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । उनिहरुको साथ बाट २ लाख ४७ हजार १ सय सत्र रुपयाँ नगतद, २ थान सुनको सिक्रि, ३ थान सुनको औँठी, कृषि विकास बैँकको १ लाखको चेक, नविल बैँकको २ लाख १० हजारको चेक, १७ थान मोवाईल, १ बुङ तास र १९ ओटा कौँडा बरामद गरेको प्रहरीले जनाएको छ ।
जुवा खाल बाट मोवाईल छोडेर २ जना फरार रहेको प्रहरीले जनाएको छ । उनिहरुको खोजकार्य जारी रहेको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका ९ जनालाई भने प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले जानकारी दिए ।
