
पूणर्पुष्टि, कार्तिक ३०
सोफिया बज्राचार्य र राज बस्नेतको उत्कृष्ट अभिनय रहेको “ बुढीको कचकच“ सार्वजनिक भएको छ ।
चर्चित निर्देशक आदित्य बुढाथोकीको निर्देशन रहेको ’बुढीको कचकच ’ गितको भिडियोमा पारिवारिक घर झगडाको विषय समेटिएको छ ।
लौन मलाई के दशा लायो के दशा लायो
यहि बुढीको कचकचले ज्यान खायो
बुढाथोकीको निर्देशनमा बजारमा आएको “बुढीको कचकच ‘” भिडियोले रिलिज भएको पहिलो दिनमै २५ हजार भ्युज कटाइसकेको छ । भिडियोलाई निर्देशक बुढाथोकीले सहज अनि फरक ढंगमा उत्कृष्ट बनाउन खोजेका छन् । बुढाबुढी बीच सानातिना गल्ती तथा जीवनका आरोह अवरोहहरुमा आइपर्ने महत्वकांक्षा अनि चुनौतीले श्रीमान श्रीमती बिच आउने तनावलाई भिडियोमा प्रष्ट्याउन खोजिएको छ ।
सोफिया बज्राचार्यको प्रस्तुति “ बुढीको कचकच …“ मा मुकेश हुमागाईको छायांकन, कविता तोलाङ्गीको श्रृङ्गार, पदम सुवेदीको सम्पादन रहेको भिडियोको कलर संयोजन मिलन विश्वकर्माको रहेको छ । भिडियोमा अमरकृष्ण चन्दको सह निर्देशन रहेको छ ।
पर्यटकीय स्थल धुलिखेलको देविस्थान आसपासको रमणीय दृश्यलाई कैद गरिएको भिडियोमा सोफिया बज्राचार्य र राजको साथमा सुनिल जिम्बा, शसिशेखर बुढाथोकी, नवराज दाहाल, ममता घर्ती, अन्जु त्रिपाठी, मिस्रा काफ्ले, सुकदेव थपलिया, सावित्री राना मगर, सहदेव राभाट, दिनेश रानाभाट, प्रजुन रानाभाट, सदिच्छा गिरीको अभिनय रहेको छ ।
सकारात्मक सोचले समस्या सरलीकरण गर्नुपर्छ । श्रीमान श्रीमती दुई रथका पाङ्ग्रा हुन् । बुढाबुढीको झगडा परालको आगो हो । एकअर्कालाई बुझेर जीवन सार्थक बनाउनुपर्छ भन्ने भाव गीतमा प्रस्तुत गरिएको छ ।
गीतमा चर्चित गायिका एलिना चौहान र भरत भट्टको कणर्प्रिय स्वर रहेको छ । सपना बानियाँ र भरत भट्टको शब्द सृजना रहेको गीतमा सपना बानियाँले संगीत भरेका छन् । केबी भण्डारीले संगित एरेन्ज गरेका छन् ।
साँझ बिहान नभनेर काममा गाछु जहिले
हाम्रै लागि हो भनेर कुरा बुझ्छौ कहिले
समाज र परिवार कसरी बिखण्डन तिर लम्कन सक्ने सानासाना कुरालाई समेटिएको भिडियो ओएसआर डिजिटलले बजामा ल्याएको हो ।
