
पूर्णपुष्टि, १७ साउन ।
गाईघाटको मासु पसलहरुमा बुधबार अनुगमन गरिएको छ । त्रियुगा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले सरसफाको मापदण्ड, मासु व्यापार सम्बन्धिी सूचक र प्रक्रियाबारे अनुगमन गरेको हो । त्रियुगा नगरपालिकाकी उप्रमुख महेश्वरी राई, त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईली र त्रियुगा नगर पशु शाखाका कर्मचारीहरु सहितको टोली अनुगमनमा खटिएका थिए । अनुगमन टोलीले अधिकांश मासुपसलहरु सरसफाईमा चुकेको जनाए ।

सरसफाई सँगै प्रक्रियामा पनि समस्या रहेको जनाए । नगर पशु शाखा प्रमुख इन्द्र नारायण चौधरीका अनुसार मासु पसलहरुले धेरै कुराहरु सुधार गर्नु पर्ने देखिएको जनाए । चौधरीले अधिकांश मासु पसलहरु स्वास्थ्यबर्धक मासु बेच्नबाट चुकेको समेत जनाए । सामान्य सरसफाईमा समेत उनिहरुको चासो नभएको जनाए ।सरसफाईमा ध्यान दिन र नगरमा दर्ता गरी मात्र पसल संञ्चालन गर्न पनि सुझाएको जनाए । त्यसका लागि एक हप्ताको समय दिएको र अटेर गरे सोही अनुसार कार्वाही गर्ने चेतावनी दिएको चौधरीको भनाई छ ।
नगर उपप्रमुख महेश्वरी राईले त्रियुगा नगरपालिकाले हाल बजारमा अनुगमनलाई ब्यापक बनाएको जनाईन् । ब्यापार व्यवसाय, पेशा, कृषि शहकारी, एग्रोभेटहरुमा पनि अनुगमन गरिएको जनाईन् । उनले ब्यपारीहरुलाई सामान बेच्दा बदमासी नगर्न र ग्राहकहरुलाई सामान किन्दा सचेत हुन पनि सुझाईन् ।
यस्तैगरी त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईलीले त्रियुगा नगरवासीहरुलाई स्वच्छ र सफा मासु खुवाउने उदेश्यले अनुगमन गरिएको जनाए । साथै अव्यवस्थित मासु पसललाई व्यवस्थीत गर्न र दर्ता प्रक्रियामानै नआई संञ्चालनमा आएका पसलहरुलाई नितिनियम सँग जोड्न अनुगमन गरिएको जनाए ।
