Friday, May 22News That Matters

गाईघाटको स्वावलम्व लघुवित्तले एक महिलालाई २७ बर्षको बचत ५४ हजार मात्र देखाएपछि लफडा

पूर्णपुष्टि, चैत्र २० । स्वावलम्व लघुवित्तिय संस्था गाईघाट शाखाले एकजना बचतकर्ताको २७ बर्षको बचत जम्मा ५४ हजार मात्रै देखाएको छ । संस्थाले बिभिन्न बाहानामा पैसा बचत लगेको र संस्थाको नियम अनुसार ५४ हजार मात्रै बचत रहेको जिकिर गरे । त्रियुगा नगरपालिका ५ देउरीकी सुनेनादेवी दास करिब ५३ सालमै उक्त संस्थको सदस्यीय बनेकी थिईन् । उनले त्यसवेला ३ हजार देखी ऋण खान सुरु गरेकी थिईन् । त्यस पश्चात उनले पछिल्लो समय एक पटक ३ लाख र एक पटक ७ लाख ऋण लिईएकी थिईन् । उनले त्यो ऋण सबै चुक्ता गरिन् । लकडाउनको समयमा पनि आफ्नो ऋण इमान्दारीका साथ तिरिन उक्त ऋण तिरेपश्चात उनलाई संस्थाले फेरी ऋण दिने प्रलोभन समेत देखाएका थिए ।

पडित महिला ।

तर पछि बिभिन्न बाहानामा ऋण दिएनन् । त्यस पश्चात त्यस संस्थाबाट उनि बाहिरीन खोजिन तर त्यहाँबाट निस्कन दिएनन् । त्यस संस्थाबाट केहि मान्छेहरु भागेपछि उल्टै उसको बाट ६ हजार भाग्ने मान्छेको नाममा कटाएर कटाएको ६ हजार भागेको मान्छे सँग लिन बताईन् । १ लाख ऋण लिएबराबर करिब १५ हजार आफ्नो बचत राख्ने गरेको जनाईन् । त्यसबाहेक पनि आफुले धेरै ऋण लिईकी थिईन् । ऋण जति लियो उति त्यहाँ आफ्नो बचत कटाउने गरेका थिए । तर आफुले ऋण लिएको सबै चुक्क्ता पनि गरिसकेको र ऋण तिर्दा राखेको बचतहरु भने ५४ हजार मात्रै देखाएको उनले जनाईन् । पेन्सनको नाममा बचत भएको उनको रकम पनि उनले लान पाईनन् ।

केके बाहानामा त्यही संस्थाले कटाएको खुलेको छ । त्यो पनि डबल हुन्छ पेन्सन भनेको ठाउँमा अझै डबल नभएको त्यो पनि संस्थाले त्यही कटाएको पिडित दासले जनाईन् । उनले पेन्सन बापत ७८ हजार लगेको तमसुकमा उल्लेख छ । तर त्यो पनि उनले क्यास नलगी अन्य केही शिर्षकमा कटाएको जनाईन् । २७ बर्ष त्यस संस्थामा बस्दा आफ्नो बचत ५४ हजार मात्रै भन्दा आफु छाँगाबाट खसे झै भएको उनले जनाईन् । संस्थाका शाखा प्रमुख राजु बस्नेतले उनको पैसा जम्मा ५४ हजार मात्रै रहेको जनाए । यो भन्दा बढी नरहेको अरु सबै फिर्ता लगेको जनाए । उनले बचत ५४ हजार देखाउँदै बाँकी जे जे गरेपनि आफु जिम्मेवारी नभएको जनाए ।

२ बर्ष अघिबाटै निस्कन खोजेको दासलाई झुलाएर राखेपछि

सुनेनादेवी दासले त्यस संस्थाबाट करिब दुई बर्ष अघिनै निस्कने चाहाना राखेकी थिईन् । तर त्यस संस्थाले उनलाई निस्कन बन्देज लगायो । निस्कन खोज्ने कुरा गर्दा आफुलाई उल्टै ठुलो आवाजमा गाली गर्ने गरेको उनले जनाईन् । पटक पटक निस्कने कुरामा अर्को दिन अर्को महिना गर्दै उनलाई आज सम्म झुलाउँदै राख्दा पनि जम्मा ५४ हजार मात्रै बचत देखाएपछि लफडा नै उब्जाए । पहिले त झन कति बचत भन्दा कहिल्यै नदेखाएको उनले जनाईन् । अहिले अन्तिममा भने ५४ हजार मात्रै बचत देखाएर निकाल्न खोजेको उनले जनाईन् ।

संस्थाले ७० साल पहिलेको स्टेटमेन्ट देखाउनै सकेनन् ।

पिडितले आफ्नो बचत रकम कम भएको संका लागि सुरुवात चरण देखीको बचत, ऋण र केकेमा कटौ भएको भन्ने बारे स्टेटमेन्ट माग्दा ७० साल देखी पुरानो स्टेटमेन्ट ढड्डाहरु देखाउन नसक्ने शाखा प्रमुख राजु बस्नेतले जनाई । त्यो बेलाको कागजातहरु अहिले आफुहरु सँग नहुने काम भैसके पश्चात डिष्पोज गर्ने गरेको जनाए । पहिलेको स्टेटमेन्ट हेर्न पाउँदा बचत ५४ हजार मात्रै रहेपनि कसरी र के कारणले भन्ने कुरा जान्न खोजेको पिडितले जनाए । उनिले आफ्नो पहिल्यैबाट ऋण र बचतको स्टेटमेन्ट पनि नदिएको र ऋण लगानी पनि नदेखाएको जनाईन् । उनीले आफु जस्तो पिडितहरु अरु पनि धेरै रहेको समेत जनाईन् ।

२७ बर्षदेखीको बचत ३ लाख बढी हुनु पर्ने अनुमान

पिडितले आफु २७ बर्षदेखी वस्दै आएको उक्त संस्थामा आफ्नो बचत ३ लाख बढी हुनु पर्ने अनुमान गरेकी जनाईन् । पछि ४५ हजार मात्रै भन्दा आफुलाई चित्त नबुझेको जनाईन् । लघुवित्त ज्याजति विरुद्ध संघर्ष समिति त्रियुगा नगरका अध्यक्ष तविता राईले आफुले एक जना बचतकर्ताको ७ बर्षको मात्रै ८९ हजार बचत पिर्ता गरेको जनाईन् । त्यसको आधारमा भन्ने हो भने उनिले त २७ बर्ष त्यस संस्थामा विताएको छ । ५४ हजारमा मात्रै हुन सक्दैन उनिले भनिन् । उनले त्यसको हिसाव किताव निष्पक्ष नदेखाए न्यायको लागि मुद्धा हाल्ने समेत जनाईन् ।