
पूर्णपुष्टि, जेष्ठ ९ । उदयपुरको सदरमुकाम गाईघाटबाट काठमाण्डौं जादैँ गरेको बस चितवनमा ईभी कारसँग ठोक्किँदा एक जना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४२ वर्षीय प्रदिप तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिका २ ज्यामिरे चोकमा बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको सगरमाथा एयर बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको कार आज बिहान १ः४५ बजे एक आपसमा ठोक्किर दुर्घटना भएको प्रहरीले जनाएको छ
दुर्घटनाबाट गम्भीर घाइते भएका कार चालक तिमल्सिनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो । उनको उपचारको क्रममा बिहान ३ बजेर ५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
