
पूर्णपुष्टि, बैशाख २१
जवरजस्ती करणी गरेको आरोपमा गाइघाटबाट एक पुरुष पुरुष पक्राउ परेको छ । मंगलबार बेलुकी ८ बजेको समयमा त्रियुगा नगरपालिका(३ बसपार्कमा सोही ठाउँकी बोल्न नसक्ने फरक क्षमता भएकी अन्दाजी १६ बर्षिया बालिकालाई जबर्जस्ती करणी गरेको अरोपमा खोटाङ्का एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
ती पुरुष खोटाङ घर भई हाल त्रिनपा ३ बस्ने २८ बर्षिय राजन राउत रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सन्तोष आचार्यका अनुसार बालिकालाई राउतले जवरजस्ती करणी गरेको आरोपमा पिडितले जाहेरी दिएको जनाएको छ । पिडितको आफन्तले जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएपछि निज पिडक पक्राउ परेको हुन । प्रहरीले जिल्ला अदालत उदयपुर जिल्ला अदालत बाट ५ दिनको म्याद थप गरि थप अनुसन्धान डिएसपी आचार्यले जनाए ।

