
पूर्णपुष्टि/गाईघाट, जेठ १३ ।
सगरमाथा अञ्चल चौधरी आँखा हस्पिटलको प्राविधिक सहयोगमा मदन भण्डारी आँखा हस्पिटल गाईघाटमा बुधबारदेखि दुईदिने निःशुल्क आँखा सल्यक्रिया शिविर आजवाट सुरु भएको छ ।
शिविरमा सामान्य मोतियाबिन्दुका साथै जटिल प्रकृतिका आँखासम्बन्धी सल्यक्रिया सेवा प्रदान गरिएको अस्पतालका सदस्य कृष्ण भण्डारीले जानकारी दिनुभयो । त्रियुगा नगरपालिकाका विभिन्न वडामा सञ्चालन गरिएको आँखा परीक्षण शिविरबाट पहिचान गरिएका बिरामीहरूको निःशुल्क सल्यक्रिया भइरहेको उहाँले बताउनुभयो । दुई दिनसम्म सञ्चालन हुने शिविरबाट नगर क्षेत्रका एकसय भन्दा बढी आँखाका बिरामीले सेवा लिने अस्पताल स्रोतले जनाएको छ ।
