Thursday, May 21News That Matters

गाईघाटमा एसिड प्रहार र महिला अधिकार सवाल सम्बन्धि अन्तरक्रिया

पूर्णपुष्टि, १६ जेष्ठ ।
गाईघाटमा एसिड प्रहार र महिला अधिकार सवाल सम्बन्धी एक दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको छ । छैँठौ राष्ट्रिय महिला अधिकार दिवस २०८१ को अवसर पारी एसिड प्रहार र महिला अधिकारको सवालमा जनचेतामुलक अन्तरक्रिया कार्यक्रम भएको हो । सघिय सांसद विन्दावासीनी कंसकारको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । महिला संघ संस्थामा आवद्ध निकाय महिला जनप्रतिनिधि, पिछडीएका महिलाहरुको ब्यापक उपस्थितिमा कार्यक्रम भएको हो ।

“हाम्रो अभियान, आत्मनिर्भर छोरीको सम्मान” हरेक घर हरेक पालिका हुनु पर्छ साहसी बालिका जस्ता ब्यवहारिक नारा सहित अन्तरक्रिया गरिएको हो । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग, आभासा राष्ट्रिय अभियान र मदिना मञ्जरी फाउण्डेसन नेपालको समन्वयमा कार्यक्रम गरिएको थियो । अन्तरक्रियामा एसिड प्रहार र महिला अधिकारको बिषयमा बृहत छलफल गरिएको थियो ।