Monday, April 20News That Matters

गाईघाटमा गाउँपालिकाको कर्मचारी चडेको मोटरसाईलले ठक्कर दिँदा बालक घाईते

पूर्णपुष्टि, असोज ७
गाईघाट त्रियुगा बसपार्क स्थित रौतामाई गाउँपालिकाको मोटरसाईकलले ठक्कर दिँदा ७ बर्षिय बालक घाईते भएको छ । पालिकाका कर्मचारी लक्ष्मण कार्की सवार मोटरसाईकलले बिहिबार विहान ठक्कर दिदाँ भारत नयाँ दिल्ली मरैठ बस्ने हजारी ठाकुरका छोरा ७ बर्षिय बालक आशु ठाकुर घाईते भएका हुन । ती बालक घुमन्ते व्यापारी हुन् ।
गाउँपालिकाको स १ ब ८६४ नम्बरको मोटरसाईकलले सदरमुकाम गाईघाटबाट मोतिगडा तर्फ जादैँ गर्दा बालकलाई ठक्कर दिएको थियो ।
घाईते बालकलाई जिल्ला अस्पताल बोक्सेमा उपचारार्थ पठाईएको प्रहरीले जनाएको छ । मोटरसाईकल र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।