Monday, July 6News That Matters

गाईघाटमा चाम्लीङ राई (वाभोछा) समाजको प्रथम साधारण सभा सँगै बनभोज

पूर्णपुष्टि, पुष १६ गते ।
किरात राई चाम्लिङ (वाबुहोछा) समाजले आफ्नो पहिलो साधारण सभा कार्यक्रम गरेको छ । शनिवार गाईघाट स्थित साकेला टोलमा वाभोछा समाज त्रियुगा नगर कार्यसमितिले साधारण सभा तथा वनभोज कार्यक्रमको आयोजना गरेको हो ।साधारणसभा सँगै समितिको बिभिन्न कार्यक्रमहरु प्रस्तुत गरिएको छ । गाईघाट स्थित त्रियुगा नगरभित्र रहेको वाभोछा समाजहरु लामो समयदेखी एकजुट छन् । उनिहरुले देशव्यापी रुपमा आफ्नो वंशलाई नजिक बनाउने र छोरीचेलीहरु सँग चिनजान राख्ने उदेश्यले संस्था निर्माण गरेका थिए । यस समाजले बर्षेनी देउसी भैलो कार्यक्रम देखी हरेक मिटिङमा आर्थिक कलेक्सन गरी आफ्नो पाछालाई अगाडी बढाउने उदेश्य लिएको छ ।