Monday, July 6News That Matters

त्रियुगा बौद्धिक अपाङ्गताका अभिभावक संघ उदयपुरको सामाजिक लेखापरीक्षण सम्पन्न

पूर्णपुष्टि, पुष १६
उदयपुरमा त्रियुगा बौद्धिक अपाङ्गताका अभिवाभक संघ उदयपुरको सामाजिक लेखापरीक्षण सम्पन्न भएको छ । संघले सन् २०२१ जनवरीदेखि २०२२ डिसेम्बरसम्म सहयोगी संस्था माईराईट्सको सहयोग एवं बौद्धिक अपाङ्गता महासंघको समन्वयमा संचालित ूमलाई पनि समावेश गरू कार्यक्रम अन्तर्गत सञ्चालित विभिन्न कार्यक्रम क्रियाकलापको सामाजिक लेखा परीक्षण एक कार्यक्रमका बिच शनिवार सम्पन्न गरिएको हो । गाईघाट स्थित होटल हिमालयको सभाहलमा आयोजित उक्त कार्यक्रममा बौद्धिक अपाङ्गता भएका व्यक्ति एवं बालबालिकाहरूका लागि अर्थपूर्ण कार्यक्रमहरु सम्पनन गरेको जनाएको छ । समावेशी शिक्षा, स्वका वकालत, बिद्यालयका स्रोत, शिक्षक तथा बिद्यालय कर्मचारी, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवं शिक्षक(शिक्षिकाहरूलाई तालिम लगायत अभिमुखीकरण कार्यक्रम सम्पन्न प्रोजेक्टले सम्पन्न गरेको जनाएको छ ।

कार्यक्रममा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूको बौद्धिक बिकासमा सहयोग पुर्याउन र हेरचाहकर्ता तथा संरक्षक गर्न अभिभावकहरूलाई समेत तालिम प्रदान गरिएको सामाजिक अभियन्ता एवं कार्यक्रमका सहजकर्ता दुर्गानन्द चौधरीले बताए । चौधरीले अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि पहुँचयुक्त वातावरण निर्माणका लागि सम्बन्धित निकायका जिम्मेवार कर्मचारी एवं पदाधिकारीहरू बीच पनि समन्वय गरिएको जनाए ।

कुल ३१ लाख ८२ हजार ९ सय तिस परियोजनाको लागत रकम मध्ये ९४ प्रतिशत अर्थात २९,७६,२२४ कार्यक्रम तर्फ र प्रशासनिक खर्च तर्फ ६ प्रतिशत अर्थात २,०६७६६ रकम खर्च गरिएको संस्थाका अध्यक्ष विकेन्द्र दनुवारदले जनाए । कार्यक्रममा अपाङ्गताका क्षेत्रमा कार्य गर्ने विभिन्न संघ(संस्थाका पदधिकारी, शिक्षक एवं आयोजक संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ्र