Saturday, April 18News That Matters

गाईघाटमा चोरी गरि ल्याएको काठ सहित एक जना पक्राउ

पूर्णपुष्टि, असोज १० । उदयपुरको सदरमुकाम गाईघाटमा चोरी गरि ल्याएको काठ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ बस्ने ३६ बर्षीय दुलीचन सदा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार मंगलबार बिहान २ बजेको समयमा त्रि.न.पा १२ स्थित हवाई फिल्डमा केकुन जंगलबाट चोरी गरी ल्याएको सखुवा जातको ८ किबि चिरान काठ बरामद भएको हो । उक्त काठ चार–पाँच जनाको एक समुहले बोकी लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको गाडी मोबाईल प्रहरी टोलीलाई देख्न साथ काठ छोडेर उनिहरु फरार भएको डिएसपी चौधरीले बताए ।

घटनामा संलग्न दुलीचनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई आवश्यक कार्वाहीको लागी डिभिजन बन कार्यालय बोक्से पठाईएको र अन्य फरार व्यक्तिहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी जागेश्वर साहका अनुसार पक्राउ परेका व्यक्तिमाथि कारबाही गर्न अदालतसँग बुधबार मात्र आदेश माग गरि पठाइएको छ । बुधबार विहान मात्र पक्राउ काठ डिभिजनमा आईपुगेकाले नापजाँच कार्य भईरहेको साहले बताए ।