
पूर्णपुष्टि, फागुन ७ । गाईघाटमा प्रथम जुत्ता चप्पल महोत्सव २०८० सुरु शुभारम्भ भएको छ । महोत्सव गाईघाट पिपलचोकमा संञ्चालन भएको छ । महोत्सवको उद्घाटन बुधबार त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले रिबन काटेर गरेका छन् ।
‘स्वदेशी उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सामुहिक नेपाली जुत्ता चप्पल उद्योगीहरुले गाईघाट स्थित एक महिने जुत्ता चप्पल सुरु गरेको हो ।
महोत्सवमा ५ वटा नेपाली कम्पनीका ३ हजार भन्दा बढी जुत्ता प्रदर्शनी गरिने आयोजकले जनाएको छ । मेयर बस्नेतले समुद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली पनको महत्व बिदेशमा मात्र हुने भएको बताउँदै नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपालीहरुले नेपालमै उत्पादन भएको सामाग्रीहरु प्रयोग गर्नुपर्ने मेयर बस्नेतले जोड दिए ।
उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा फुटवेयर म्यानुफ्याक्चर कम्पनीका अध्यक्ष तथा फस्ट वाक प्रा।लिका निर्देशक नानीराज घिमिरेले आम उपभोक्ताले उचित मुल्यमा एउटै छानामुनी बिभिन्न ब्राण्डका नेपाली जुत्ता चप्पल खरिद गर्न सक्ने बताएका छन् ।
उपभोक्तासँग प्रत्यक्ष सम्बन्ध राख्ने अवधारणा सहित महोत्सव लगाईएको उनको भनाई छ । गाईघाट जुत्ता चप्पल महोत्सवका संयोजक तथा म्यानुफयाक्चरका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले जुत्ता चप्पलमा १५ देखी ५० प्रतिशत सम्म छुर र १५ सय भन्दा बढी मुल्यका जुत्ता चप्पल खरिदमा होलीको टिसर्ट अफर रहेको बताएका छन् । यो अफर होली सम्म मात्र रहेको समेत उनले बताए ।

