पूर्णपुष्टि, पुष २३
नेपाल उद्योग बाणिज्य माहासंघका पूर्व अध्यक्ष चन्द्रराज ढकालले गाईघाटका व्यवसायीहरुलाई त्रियुगा उद्योग बाणिज्य संघ बाहेक अरु कुनै संघको विश्वास नगर्न अनुरोध गरेको छ । उनले गाईघाटमा रहेको व्यापारीहरुको क्षेत्रमा काम गर्ने एक मात्रै त्रियुगा उद्योग बाणिज्य संघ रहेको यदि कुनै संघ रहेको दावी गरे त्यस संघको भ्रममा नपर्न अनुरोध गरे । शनिवार त्रियुगा उद्योग बाणिज्य संघको ७ औँ साधारण सभामा बोल्दै ढकालले गाईघाटमा अन्य अन्य बाणिज्य संघ खोल्दै हिड्ने ब्यक्ति र संस्था कुनै बैधानिक नरहेको र व्यपारीहरुको हितमा त्यस संघले कुनै पनि काम गर्न नसक्ने जनाए । त्रियुगा उद्योग बाणिज्य संघलाई केहि व्यक्तिहरुले खराव बनाएको समेत ढकालले आरोप लगाए । पूर्व अध्यक्ष गजेन्द्र भगत जो आफैपनि केन्द्रको सदस्य भएर पनि जिल्लामा पनि नेतृत्व गर्न खोज्नु कति पनि नैतिकता नभएको उनले बताए ।
ढकालले भगतलाई पनि बाराम्वार संघलाई धरासाय नबनाउन अनुरोध गर्दै आएको र अन्तिम सम्म पनि सुधारको बाटो देखाएको उनले जनाए । तर भगतले त्यस्ता कुरामा सुधारको साटो संघलाई बदनाम र कम्जोर बनाएको जनाए । गाईघाटमा भगत पक्षका केहि व्यापारीले खोलको उदयपुर उद्योग बाणिज्य संघको कुनै औचित्य र उदेश्य नरहेको समेत जनाए । यस संघले व्यापारीहरुको हकहितमा कुनै काम गर्न नसक्ने जनाए । उनले त्यस्ता संघहरु आफै बढारीने भएकाले त्रियुगा उद्योग बाणिज्य संघमा आवद्ध व्यापारीहरु स्वयम वैधानिक रहेको उनले जनाए । उनले आफु स्वयम उपस्थिति भएको र केन्द्रीय सदस्य तथा प्रदेश उपाध्यक्ष राजेनद्र राउत, पूर्व जिल्ला तथा नगर अध्यक्षहरु लगायत सयाँै व्यपारीहरु साधारण सभामा उपस्थित हुनुनै त्रियुगाउ उद्योग बाणिज्य संघको बैधानिक भनेर बुझ्नु आह्वान गरे । उनले यो सँगै देशमा आर्थिक संकटहरु बारे पनि जानकारी गराए । निजि क्षेत्रहरुको धारासय र यसवारे सरकारले सकरात्मक कदमहरु चाल्नु पर्ने पनि जनाए ।







































































