Monday, July 6News That Matters

बाटोमा भेटिएको सुन र नागरिकता सकुसल धनीलाई फिर्ता

पूर्णपुष्टि, पुष २३ । बाटोमा भेटिएको सुन र नागरिकता सम्बन्धित व्यक्तीलाई सकुसल र्फिता गरिएको छ । शुक्रबार त्रियुगा नगरपालिका–११, निलो पुल आसपास फेला परेको नागरिकता र सुन सम्बन्धित व्यक्ति पहिचान गरि घरमै बोलाएर जिम्मा लगाएको हो ।

उक्त समान त्रियुगा नगरपालिका ११ निलो पुल छिमेकी बैंक लाईनकी अनुराधा राईले फेला पारेकी थिईन् । राईले सामान फेला पारेपछि तत्काल प्रहरीमा जिम्मा लगाउन खोजेकी थिईन् । पछि उनकै घरको कोठामा बस्ने सामाजिक संस्थामा समेत आवद्ध रुद्र पोखरेलले सामाजिक संञ्जालमा सामान भेटीएको बारे जानकारी गराउन अनुरोध गरे । पोखरेलेको रायलाई अनुराधाले स्वीकार गर्दै उक्त सामानबारे फेसवुकमा पोष्टाएकी थिईन् । पछि पोखरेलले पुन : पत्रकार भोटराज राईलाई सामान हराएको बारे सूचना दिएपछि राईले आफ्नो फेसवुकमा पनि पोष्ट गरेका थिए ।

उक्त पोष्ट बिभिन्न व्यक्तिहरुले सियर गरेको माध्यमबाट सम्बन्धित निकाय सम्म सूचना पुगेको थियो । सूचना पाउने साथ सामान हराउने व्यक्ति त्रियुगा नगरपालिका १२ डिएमगेट निवासी विश्व राईले पत्रकार भोटराज राईलाई आफ्नो सामान हराएको जानकारी गराएका थिए । सोही आधारमा सामान फेला पार्ने मानवीयता व्यक्तित्व मनकी धनी अनुराधा राईले आफ्नै निवासमा सम्बन्धित व्यक्तिलाई बोलाई केहि सामाजिक व्यक्तिहरु समेतको रोहबरमा फेला पारेको सामान धनीलाई सकुसल जिम्मा लगाएको हो ।

हराएका सामान अर्थात माया मारिसकेको सामान सकुसल फिर्ता पाउँदा समाजमा मानवियताको आश अझै पनि बाँकी रहेको विश्व राईले सुनाए । उनले सामान फेला पारी दिएकोमा अनुराधालाई धन्यवाद र खुसी व्यक्त समेत गरे । आफुहरु कम्जोर आर्थिक अवस्थाका लागि यदि सुन भनेको ठुलो सम्पतीको रुपमा रहेको सुनाए । उक्त सुन भर्खरै उकासेर ल्याउने क्रममा हराएको उनले सुनाए ।