Monday, July 6News That Matters

पोखरामा जारी आहा रारा गोल्डकपको उपाधिका लागि सङ्कटा र भुटानी युथ

पूर्णपुष्टि, पुष २३ । पोखरामा जारी २२औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज शनिवार सङ्कटा क्लब र अमेरिकाको भुटानी युथ स्पोर्ट्स खेल्दैछ ।

खेल पोखरा रङ्गशालामा दिउँसो साढे १ बजेपछि सुरु हुनेछ । सङ्कटा क्लब त्रिभुवन आर्मी र साविक विजेता एपीएफलाई हराउँदै तथा भुटानिज युथ मनाङ मर्स्याङ्दी र चर्च ब्वाइजलाई हराउँदै फाइनलमा पुगेको हो ।

प्रतियोगिताको विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।