Monday, July 6News That Matters

आज कलाकार अरनिको स्मृति दिवस

पूर्णपुष्टि, पुष २३ । महान कलाकार अरनिको स्मृति दिवस नेपाल र चीन दुबै देशमा विशेष महत्वको साथ मनाउने गरिन्छ । अरनिकोको निधन भएको दिन पारेर विभिन्न कार्यक्रम गरी प्रत्येक वर्षको पुष २३ गते मनाईने यो परम्परा विसं २०५८ सालदेखि सुरु भएको हो ।

सन् १३०६ मार्च ११ तारिखमा ६३ वर्षको उमेरमा कलाकार अरनिकोको चीनमा निधन भएको थियो । यसरी महान् कलाकार अरनिकोको स्मृति दिवस मनाउने चलनले नेपाल कमर्सियल आर्टिष्ट सङ्घको अगुवाइमा सरकारी मान्यता दिलाइएको हो ।

तत्कालीन समयमा नेपाली कला र संस्कृतिलाई विदेशमा प्रचार गरेका उनको जीवनी गहिरो खोज एवं अनुसन्धान हुन सकेको छैन । सन् १२४४ मा पाटनमा जन्मनु भएका अरनिकोले चीनमा गएर आफ्नो कलाकौशलका माध्यमबाट स्वदेशी वास्तुकलाको विदेशमा प्रवद्र्धन गरेका थिए ।

अरनिकोको जीवनकाल
कलिलै उमेरमा तिब्बत र त्यसपछि चीन गएर बौद्ध वास्तुकलामा ख्यातिप्राप्त वास्तुकार थिए अरनिको को जन्म कतिपयले पाटनमा भएको उल्लेख गरेका छन् ।
अरनिको राजा अभय मल्लको पालामा सन् १२४५ मा र कसै कसैले १२४४ भन्ने गरेका पाइन्छ । उनको मृत्यु भने १३०६ मा भएको थियो । राजा जय भीमदेव मल्लको पालामा ८० जना वास्तु कलाकारको नेतृत्व गर्दै अरनिको तिब्बत पुगेको तथ्य पाइन्छ ।