Monday, July 6News That Matters

रवि लामिछानेको अन्तरिम आदेश सर्वोच्चले दिएन, माघ ११ गते पूर्ण सुनुवाई

पूर्णपुष्टि, पुष २२ । सर्वोच्च अदालदतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
मुद्दालाई अग्राधिकार दिँदै संवैधानिक इजलासले आगामी माघ ११ गते पूर्ण सुनुवाईका लागि पेश गर्न आदेश दिएको छ ।

“सुविधा र सन्तुलनका दृष्टिले अहिले अन्तरिम आदेश दिनु मनासिव देखिएन,” सर्वोच्चको आदेशमा भनिएको छ, “प्रस्तुत विवादको सुनुवाईलाई अग्राधिकार प्रदान गरी छिटो छरितो रुपमा सम्पन्न गर्नु आवश्यक देखिएकोले पूर्ण सुनुवाइका लागि २०७९ माघ ११ गते बुधबार पेश गर्नु ।”