Monday, April 20News That Matters

गाईघाटमा दोस्रो प्रदेश महोत्सव हुदै

पूर्णपुष्टि, माघ १२ । उदयपुरको सदरमुकाम गाईघाटमा दोस्रो प्रदेश महोत्सव–२०८० हुने भएको छ । शुक्रबार त्रियुगा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दै यहि फाल्गुन १ देखि १० गते सम्म महोत्सव संचालन गरिने जनाएको छ ।

त्रियुगा उद्योग वाणिज्य संघद्धारा आयोजित महोत्सव त्रियुगा नगरपालिका–१३ स्थित बरुवा बसपार्कमा लगाईने छ । आन्तरिक बजार सवलीकरणका लागि व्यवसायिक उत्थान तथा निकासी योग्य बस्तुमा जोड तथा स्थानिय स्तरमा उत्पादित कृषीजन्य बस्तुहरुको बजारिकरणमा सहयोग पु¥याउने साथै कोभिड महामारीपछि खस्किएको ब्यापार ब्यावसायलाई चलायमान बनाउने उदेश्यका साथ महोत्सव संचालन गर्न लागिएको आयोजकले जनाएको छ ।

महोत्सवमा टिकटको मुल्य प्रति व्यक्ति १ सय रुपैँया तोकिएको छ भने विद्यार्थीहरुले आईडी कार्ड लिएर आएमा ५० प्रतिशत छुर साथै टिकट काट्दा प्रत्येक दिन आकर्षक उपहार र अन्तिम दिन बम्पर उपहार स्कुटर १ जनालाई दिईने आयोजकले जनाएको छ । महोत्सवमा १५० वटा स्टल राखिने छ ।