
पूर्णपुष्टि, बैशाख २८
स्थानीय चुनाव करिब २ दिन मात्र बाँकी छ । मंगलबार रातिको १२ बजेबाट मौन अवधि पनि लागु गरिएको छ । यो बेला चुनाव प्रचार प्रसार, मतदाता प्रभावित वस्तु बिक्रि वितरणमा कडाई गरिएको अवस्था हुन्छ । तर गाईघाटमान यस्तै अवस्थामा पनि निम्न बर्गको मतदाताहरुलाई प्रभावित पार्दै भोट आकर्षित गर्ने उदेश्यल ६० कुखुरा वितरण गरिएको छ । गाईघाटको डिएमगेट नजिक रहेको सप्तकोशी पोल्ट्री फर्म बाट कुखुरा वितरण गरिएको बुझिएको छ ।

पोल्र्टी फर्मका अनुसार आफुहरु बाट ६० कुखुरा किनेको तर केका लागि हो भन्ने थाहा नभएको जनाए । कुखुरा मुस्लीम वस्तीका मान्छेहरुलाई वितरण गरिएको भन्ने आएको छ । दाहुल भन्ने व्यक्तिले कुखुरा आपुहरु सँग खरिद गरेको पोल्र्टी फर्ममका संञ्चालकले जनाए ।
६० ओटा कुखुरा मध्ये ४६ ओटा कुखुरा वितरण गरिसकेको र १४ ओटा भने बाँकी रहेको प्रत्यक्षदर्शीहरुले जनाए । आचार संहिताको अवस्थामा कुखुरा वितरण भएको भन्दै त्यहाँका स्थानीय तथा अन्य पार्टीका कार्यकर्ताहरुले सत्य तथ्य पक्ता लगाउन प्रहरी तथा निर्वाचन आयोगलाई आह्वान गरेको छ । बाँडीएको ५ कुखुरा मध्य ५ कुखुरा स्थानीयहरुले फिर्ता ल्याएको छ । कुनै कुखुरा सानो भएको भन्दै फिर्ता ल्याउने क्रममा समातेर राखिएको छ । कुखुरा कस्ले र किना बाँडेको भन्ने कुराको अनुसन्धान प्रहरीले गरिरहेको छ ।

