
पूर्णपुष्टि, २२ माघ ।
आफ्नै नातेदार भाई पर्ने निश्चल नामक फेसबुक आईडी बाट दिदिलाई म्यासेज आउँछ । ति भाईले दिदिलाई अत्यावश्यक पैसा चाहिएको भन्दै फेसवुकमा पैसाको माग गर्छ । फेसवुकमा भाईले पैसा माग गरेपछि दिदि अच्चम्म पर्छ कहिले पैसा नमागेको भाईले आज पैसा माग्यो । सुरुमा एक छिन अलमलिएर आफु सँग पैसा नभएपछि दिदिले भेना सित छ भने कुरा गर्छु है भन्छ ।
उता भाईले जति सक्दो चाँडो गर्नु पर्यो इर्मेजेन्सी पर्यो भन्दै दिदिलाई आपत बनाउँछ । दिदिले आफ्नो श्रीमानलाई भाईले पैसा मागेको बारे बताउँँछिन् । आफ्नै नातेदार सालोले पैसा माग गरेपछि कसरी नपठाउँ ? यी कुराकानी पश्चान श्रीमान श्रीमतीले निश्चल नाम गरेको सालो अर्थात भाईलाई पैसा पठाउने सहमति गर्छ ।

भेनाले पसलमा काम छाडेर आपत्तिएका भाईलाई पैसा पठाउँछ । पैसा पठाएको फेरी केहि छिनमा भन्छ दिदि यतिले पुगेना अझै अरु दश हजार पनि पठाईदिनुस न भन्छ । अन्य पैसा नभएपछि भेनाले अब छैन भन्दै आफ्नो कामतिर लाग्छ । आईतबार करिब ३ बजेको समयमा पैसा सालोलाई पठाएको भेनाले अचानक सालोको श्रीमतीको फेसवुक आईडीमा एउटा स्टास देख्छ । स्टाटसमा लेखिएको हुन्छ, मेरो श्रीमानको आईडीबाट पैसा मागेर ठग्ने कार्य भैरहेको छ सबै जना सचेत भैदिनु होला । अनि मगर झस्किईनछन । यति देखेपछि मात्रै पैसा पठाउने त्रियुगा नगरपालिका वडा नं १२ की अनुजा मगरले आफुहरु ठगिएको थाहा पाउँछन ।

अनुजाले बल्ल मात्रै थाहा पाईन की ? पैसा माग्ने आफ्नो भाई नभई अरुनै दोस्रो व्यक्ति रहेको कुरा । त्रियुगा नगरपालिका १४ निपानेका निश्चल मगरको आईडी आईतबार सम्म ठिकै थियो । आईतबार दिउँसो बाट अचानक आईडी लग इन हुन मानेनन् । अघिल्लो र दिन र भर्खरै सम्म चलिरहेको आईडी कसरी अचानक खुल्न मान्दैन उनि छक्क परे । प्रयास गर्दा पनि नखुले पछि उनले आईडी ह्याक भएको बुझे । आफ्नो आईडी सम्म चलिरहँदा कुनै पैसा माग गरेको अवस्था नरहेको जनाए । तर सोमबार करिब ३ बजेको समयदेखी भने फेसवुक आफ्नो पासमा नहुँदा पैसा माग्ने काम सुरु भएको जनाए । आफ्नो फेसवुक बन्द हुन नपाउँदै निश्चललाई फोन आउन थाल्यो । फोनमा सबैको एउटै प्रश्न थियो । किन पैसा मागेको । उनि अत्तालिँदै पैसा नदिनु होला पैसा मैले हैन मागेको मेरो आईडी कसैले प्रयोग गरेर पैसा मागिरहेको छ । आईडी ह्याक भएको छ । कृपया पैसा दिने काम नगर्नुहोला । उनले यसरीनै जवाफ फर्काए ।
उनले आफुले पैसा माग नगरेकाले सजग रहन समेत आफ्न्तहरुलाई अनुरोध गरे । मगरले आफुले पैसा माग गरेको नभएपनि आफ्नोे आईडीबाट करिब ११ जना आफन्तहरु सित पैसा माग गरेको पाईएको जनाए । जस मध्ये आकाश मगर र कान्छी मगरर्नीले भने पैसा पठाउनै भ्याईसकेका थिए । म्यासेन्जरमा कुरा गरिरहेको आफन्तहरु सित ति दोस्रो ब्यक्तिले पैसा माग गरेको पाईएको छ । आकाश मगर र र कान्छी मगर्नी सहित खुसी मगर, रियासा मगर, खिलराज पुलामी, चक्र मगर, सुनिता मगर, केदार मगर, भिम मगर र खिला पुलामी सँग पनि त्यी व्यक्तिले पैसाको माग गरेको छ ।
निश्चल मगरले आफ्नो आईडीबाट पैसा माग भए सचेत रहन अनुरोध गरे । पैसा मागेपछि सबैलाई ब्लक गरेको पाईएको छ ।

