
पूर्णपुष्टि, फागुन १३ । गाईघाटमा एम्वुलेन्सलाई २४ सै घण्टा डिजेल उपलब्ध नभएको भन्दै चालकहरुले गुणासो पोखेका छन् । गाईघाटको पम्पहरुमा बेलाबेला इन्धन सटेज हुने र रात्रिकालिन समयमा डिजेल नपाउँने हुँदा बिरामीहरुलाई भनेको समयमा हस्पिटल पुराउन नसकिने चालकहरुले जनाएको छ । एम्वुलेन्सलाई आवश्यक परेको खण्डमा जुनसुकै बेला डिजेल आवश्यक हुन्छ । कहिले काहाँ कहिले काहाँ हरेक समय बिरामी बोकेर दौडीरहनु पर्ने अवस्था हुन्छ, त्यसका लागी तेलको कुनै पनि बेला आवश्यक पर्ने हुँदा एम्वुलेन्सलाई २४ घण्टा तेल उपलब्ध गराउनु पर्ने एम्वुलेन्स चालकहरुले माग गरेका छन् ।
शुक्रबार जिल्ला ट्राफिक कार्यालय उदयपुरको दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापन अन्तरक्रिया कार्यक्रममा एम्वुलेन्स चालकहरुले उक्त कुरालाई महत्वपूर्णका साथ उठाएका थिए । उनिहरुले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीलाई मध्यनजर गर्दै उक्त कुरा उठाएको हो । यता एम्वुलेन्स संञ्चालक समितिको अध्यक्षमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम नै रहेको छ । सोही कारण गाईघाटमा कुनै पनि वेला एम्वुलेन्सलाई डिजेल उपलब्ध गराउन व्यवस्था मिलाउनु पर्ने उनिहरुले गौतम सँग माग गरे । गाईघाटमा रहेको ४ ओटा पम्प नै कहिले काही डिजेल विहिन अवस्थामा हुने उनिहरुको भनाई छ । रातिको समयमा तेल नै भएपनि स्टाफहरुले तेल नदिएको उनिहरुको गुणासो छ । उदयपुर एम्वुलेन्सका संञ्चालक मेबुब राजाले आफु धेरै चोटी तेल नपाएर बिरामीलाई समयमै हस्पिटल पुराउन नसकेको जनाए । उनि केहि समय अगाडी बिरामी लिएर बिराटनगर जाने क्रममा हस्पिटल सम्म पुग्ने तेल नभएपछि गाईघाट स्थित त्रियुगा पुल नजिक रहेको उर्जा पम्पमा गए, रातीको सयम थियो, उनले डिजेल लगाउने अनेकौँ प्रयास गरे तर त्यहाँका कर्मचारीहरुले डिजेल उपलब्ध गराएन । उनले यसै कुरा सुनाउँदै एम्वुलेन्सलाई हर समय डिजेल उपलब्ध गराईदिनु पर्ने गरी सहज वातावराण् मिलाउन प्रशासन सँग अनुरोध समेत गरे । रातिको समयमा आफ्नो गाडीमा हस्पिटल सम्म पुग्ने डिजेल थिएन, अनेकौँ कराए उठाए डिजेल दिएन, उनले भने” डिजेल नपाएपछि उनले प्रहरी समक्ष फोन गरेर विरामीको अवस्था बताउँदै डिजेल उपलब्धका लागि सहजिकरण गरिदन प्रहरीलाई अनुरोध गरे, प्रहरीले बस पार्कको प्रहरीलाई डिजेल दिन सहजीकरणमा खाटाइ पर्नि दिए तर पनि पम्पले डिजेल दिएन, उनले भने” त्यहाँ डिजेल नपाए पछि उनि गाईघाट बाहिर अन्य ठाउँ डिजेलको खोजीमा हिडे । यसरी आफ्नो ठाउँमा इर्मेजेन्सी सवारीलाई डिजेल उपलब्ध नहुँदा बिरामीको ज्यानै जोखिममा रहने उनले बताए ।
त्यो बेला बिरामीलाई ढिलो भएकै कारण निकै समस्या परिसेको उनले बताए । यस्तै अर्का एम्वुलेन्स चालक देवेन्द्र तामाङले पनि गाईघाटमा कुनै बेला डिजेल सटेज हुँदा बिरामीलाई निकै कष्ठ पर्ने बताए । उनले बिरामी लिएर हस्पिटल जाने क्रममा गाईघाटको कुनै पनि पम्पमा डिजेल नपाएपछि कदमाहा पुगेर लाउनु परेको गुणासो गरे । कयौँ डिजेलको खोजी गरेपनि गाईघाटमा उपलब्ध नभएपछि आफु बाध्यताले कदमाहाको प्रहरीको पम्पमा गएर डिजेल लगाउनु परेको जनाए । बिरामीलाई एकातिर लैजानु पर्ने हुन्छ अर्कै तिर डिजेल लगाउनु पर्दा उनिहरुलाई समयमै उपचार गर्न ठाउँमा पुराउन समस्या भएको तामाङ्को भनाई छ ।
हालै गाईघाटलाई तिन ओटा राजमार्गले छोए सँगै यहाँ सवारी चाप अत्यादिक बढेको छ । सबैभन्दा छोटो अनि सजिलो रहेको मदनभण्डारी राजमार्गा बाट दिनहुँ एम्वुलेन्स विरामी लिएर पूर्व–पश्चिम गरिरहेको हुन्छ । यस्तो व्यस्त सडकका पम्पहरुले डिजेल उपलब्ध गराउन नसक्दा बिरामीको ज्यान खतरामा पर्ने उनको भनाई छ । तेल उपलब्ध नहुनुमा पम्पको स्वार्थ हो या निगमै निति हो, यो नागरिकहरुको प्रश्न छ । यी दुवैको जे जस्तो अवस्था भएपनि बिरामी र नागरिकले सदावाहर इन्धन सुविधा पाउनु पर्ने उनिहरुको माग छ ।
