Monday, April 20News That Matters

गाईघाटमा भोली सितोरियो कराते, तेक्वान्दो तथा बक्सिङ प्रतियोगिता हुँदै

पूर्णपुष्टि, फागुन १६

गाईघाटमा मंगलबार त्रियुगा नगरपालिका अन्तर वडा सितोरियो कराते, तेक्वान्दो तथा बक्सिङ प्रतियोगिता हुने भएको छ । “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुलनाराका साथ प्रतियोगिता गर्न लागिएको हो ।

उक्त खेल गाईघाट बोक्से स्थित बाल मन्दिर माविमा हुने आयोजकले जनाएको छ । कराते तेक्वान्दो तथा बक्सिङ टिम गाईघाटको आयोजना तथा १० वडा कार्यालयको सहयोगमा प्रतियोगिताको आयोजना गर्न लागिएको हो । खेल ११ बजे बाट सुरु हुने आयोजकले जनाए । खेल सकरे पुरस्कार वितरणको कार्यक्रम ४ बजे हुने पनि जनाएको छ ।