पूर्णपुष्टि, पुष १६ गते ।
मधेशी समाज उदयपुले साँतौँ साधारण सभा तथा प्रथम अधिवेशन गरेको छ । उक्त कार्यक्रमको अवसरमा समाजले बिभिन्न कार्यक्रमहरु गरेका छन् । १४ गते पत्रकार सम्मेलन गर्दै कार्यक्रमको औपाचारिक कार्यक्रम सुरु गरी सोही दिन गाईघाट बजारमा झण्डा टाँग्ने काम गरिएको थियो । त्यसैगरी १५ गते मोटरसाईकल र्याली र १६ गते प्रभातफेरी र्याली सहित कार्यक्रमको उद्घाटन गरिएका थिए । कार्यक्रमको उद्घाटन मधेशी आयोगका अध्यक्ष डा. बिजय दत्तले गरेका थिए ।



