
पूर्णपुष्टि, फागुन ७ । उदयपुरको सदरमुकाम गाईघाटमा मोटरसाईकलको ठक्करबाट एक वृद्ध घाईते भएका छन् । घाईते हुनेमा त्रियुगा नगरपालिका–१३ सोनापुरका ६० बर्षीय जगदिश गुप्ता रहेको प्रहरीले जनाएको छ ।
सोमबार राती ७ बजेको समयमा पुरानो तरकारी बजारमा प्रदेश १–०५००१ प ३५२७ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा गुप्ता घाईते भएका हुन् । घाईते गुप्तालाई उपचारको लागी जिल्ला अस्पताल लगिएको छ । मोटरसाईकल चालक मिलन चोकका शिवराम ठकुरीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ भने अन्य थप विवरण आउँन बाकीँ छ ।
