Friday, June 5News That Matters

गाईघाटमा रजत महोत्सव हुने, लोप हुँदै गएको पुराना तथा पराम्परागत खेलहरु खेलाईने

पूर्णपुष्टि, चैत्र १०
गाईघाटमा यहि चैत्र १२ गते रजत महोत्सव हुने भएको छ । त्रियुगा नगरपालिकाको खेलकुद शाखा तथा नगर युवा खेलकुद विकास समितिको आयोजनामा रजत महोत्सव हुन लागेको जनार्ईको छ ।

पुराना राष्ट्रिय महत्वका खेलहरुलाई उजागर गर्ने उदेश्यले रजत महोत्सव गर्न लागिएको आयोजकको भनाई छ । पुराना तर निकै महत्व बोकेका खेलहरु डोरी तनाई, डण्डी बियो, हण्डी फोड, म्युजिकल चियर, तातो आलु र भाले समाई जस्ता खेलहरु महोत्सवमा खेलाईने भएको छ ।

डोरी तनाई र डण्डी वियो सामुहिक खेलाईने छ भने बाँकी अन्य खेलहरु भने एक्कल प्रतियोगिता गराईने जनाईएको छ । खेलमा सहभागी इच्छुकहरुले चैत्र ११ गते शुक्रबार सम्म सम्बन्धित ठाउँमा दर्ता गरिसक्नु पर्ने आयोजक समितिका अध्यक्ष प्रदिप श्रेष्ठले जनाएको छ । खेलका लागि टिम दर्ता शुल्क निशुल्क रहेको छ । खेलमा विजयी प्राप्त गर्नेहरुलाई नगद पुरस्कारको व्यवस्था रहेको छ । खेल पूर्वपश्चिम बसपार्कको उत्तर साईड फिल्डमा खेलाईने अध्यक्ष श्रेष्ठले जनाए ।