
उदयपुर, भदौ ७ गते ।
उदयपुरको गाईघाटमा रवि समर्थकले दवावमुलक ¥यालि प्रदर्शन गरेको छ । सदरमुकाम गाईघाटमा स्वतन्त्र नागरिक समूहको ओजनामा शनिबार ¥यालि प्रदर्शन गरेको हो ।
गाईघाटको पिपल चोकबाट “सालिकरामका दोषीलाई खोजी गर, निर्दोष रविलाई रिहाई गर, रवि दाई हाई–हाई, भन्दै नाराबाजीको साथ ¥यालिले बजार परिक्रमा गरी मेन चोकमा कोण सभा गरेको थियो ।

पत्रकार सालिकराम पुडासैनीको हत्याराको राज्यले खोजी गरी कार्वाही गर्नु पर्ने र निर्दोष रविलार्य तत्काल रिहाई गर्नु पर्ने माग राख्दै ¥याली प्रदर्शन गरेको स्वतन्त्र नागरिक समूह गाईघाट, उदयपुरले जनाएको छ ।

जनताको र भष्ट्रचारी विरुद्धको अभियान्ता रविलाई राज्यले तत्काल रिहाई गर्नु पर्ने र पत्रकार पुडासैनीको हत्यारालाई खोजी गरी कार्वाही गर्नु पर्ने मागको साथ दवावमुलक ¥याली प्रदर्शन गरेको समूहले जनाएको छ ।
