
भदौ ७ गते ।
स्पेनिस ला लिगा फुटबलमा लगातार दोस्रो जित हात पार्दै सेभिया शीर्ष स्थानमा पुगेको छ । लिगका शुक्रबार राति भएको खेलमा सेभियाले ग्रानडालाई १–० गोलले हराउँदै शिर्ष स्थानमा पुगेको हो ।
निकै आक्रमक खेलको ५२ औँ मिनटमा सेभियाको जोन जोर्डनले गरेको गोल निर्णायक बनेको थियो ।
जितसँगै सेभियाको दुई खेलबाट ६ अंक भएको छ भने ग्रानडाको समान खेलबाट एक अंक छ ।
