Thursday, June 18News That Matters

गाईघाटमा रुपान्तरण समिक्षा कार्यक्रम सम्पन्न, गाउँगाउँमा प्रभावकारी बन्दै गएको निश्कर्ष

पूर्णपुष्टि, साउन २०

जाल्पा एकिकृत विकास समाजले किशोर किशोरीहरुका लागि गर्दै आएको रुपान्तरण कार्याक्रम गाउँघरमा प्रभावकारी देखिएको छ । बुधबार गाईघाटको होटल कोहबरमा ५ दिने समिक्षा कार्यक्रको प्रस्तुतिमा यस कार्यक्रमले समाज रुपान्तरणमा राम्रो प्रभाव पारेको सहभागीहरुले बताए ।

रौतामाई गाउँपालिकाका ४० भन्दा बढी किशोर किशोरीले बिभिन्न क्षेत्रमा रुपान्तरण कक्षा तथा तालिम लियर लाभ लिएका छन् । तालिम पश्चात उनिहरुले आफुहरु सकरात्मक परिवर्तन भएको महसुस गर्दै आफु परिवर्तन सँगै समाज र परिवार पनि परिवर्तन हुदै आएको बताए ।

संस्थाले थुप्रै पटक बिभिन्न क्षेत्रमा आत्मा रक्षा, नेतृत्व विकास, समाज परिवर्तन लगायत महत्वपूर्ण शिर्षकमा किशोर किशोरीहरुलाई तालिम तथा कक्षा संचालन गरिसकेको जाल्पा एकिकृत विकास समाज उदयपुरका अध्यक्ष पुष्प पोखरेलले बताए । कार्यक्रम संञ्चालनले व्यक्ति, परिवार र समाज सकरात्मक देखिएको पोखरेलको भनाई छ । यसले समाजमा सकरात्मक प्रभाव र फाइदा पुगेको शमिक्षाको प्रस्तुतिकरणले देखाएको छ । सहभागीहरुको प्रस्तुति अनुसार रुपान्तरण कार्यक्रमले आफु र आफ्नो परिवारमा निकै फाईदा पुगेको र सामाजिक बिकृ विसंगति कम हुने महसुस गरे । अब विस्तारै समाजमा पनि यसको महत्व देखिने र एकदिन समाजलाई सकारात्मक दिसा तर्फ उन्मुख गर्न यस कार्यक्रमले ठुलो सहयोग पुराउने सहभागीहरुको प्रस्तुतीले देखाएको छ ।

समाज र देश परिर्वतन भनेकै किशोर किशोरीहरु बाट हुने भन्दै यस कार्यक्रमको नियम अनुरुप किशोर किशोरीहरुलाई बिषेश प्रथामिकतामा राखी रुपान्तर कार्याक्रम चलाईएको अध्यक्ष पोखरेलले बताए ।

कार्यक्रमकी एक सहभागी सुस्मा कुमारी सार्कीले रुपान्तरण भनेको सकरात्मक परिवर्तन भन्ने बुझेको बताईन् । कुनै पनि चिज राम्रोका लागि बद्लीदा रुपान्तरण भएको महशुस हुने उनीले बताईन् । उनिले आफुमा पनि रुपान्तरणको महसुस गर्दै पहिले समान्य कुरा पनि पत्ता लगाउन नसक्ने आज आफुमा परिवर्तनको सकरात्मक सोचहरु बद्लीएको बताईन् । गाउँघरमा सामान्य बोलचाल गर्न डराउने मान्छे आज सयौँको भिँडमा बोल्न सक्नु योनै रुपान्तरणको उदाहण रहेको सुनाईन् ।  यस्तै अर्का सहभागी कुल बहादुर मगर आफै रुपान्तरणको उदाहरण भएको बताए । रुपान्तरणले पहिले आफुलाई परिवर्तन गर्ने र आफु सहि भएपछि अरुलाई पनि परिवर्तन गर्न सकिने बताए । उनले रुपान्तरण कार्याक्रम पश्चात आफ्नो अनावश्यक समयको सदुपयोग भएको बताए । यस्ले पढ्न हौसाला मिल्नुका साथै समयको महत्व र फजुल खर्चबारे आफुलाई परिवर्तन गरेको बताए । यसै गरी सहभागीकै अर्का किशोरी बृहस्पती राईले आफुले सिकेको कार्यक्रमलाई गाउँघरमा गएर बिभिन्न प्रयोग गर्न थालेको बताईन् । उनिले अहिले हाल समाजीक विकृतिका बिभिन्न गतिविधिहरुलाई सकरात्मक हिसावले रुपान्तरण गर्न गाउँघरमा यसबारे कार्यक्रम तथा कक्षाहरु संञ्चालन भईरहेको बताईन् । राईले प्रत्येक हप्ताको शनिवार करिब डेड घण्टा सामाजका लागि सकरात्मक गतिविधिहरुको कक्षा चलाउँदै आएको बताईन् । यस कार्यक्रममा गाउँमा भएको किशोर किशोरीहरुलाई उपस्थिति गराई साथी सहजकर्ताको रुपमा कक्षा संञ्चालन गर्दै आएको बताईन् ।

यस कार्यक्रम संञ्चालनले हरेक व्यक्तिहरुमा सकरात्मक सोचमा परिवर्तन हुदै गएको र सकरात्मक तथा नकरात्मक भन्ने कुराहरु स्पष्ट हुदै गएको बताईन् ।

जाल्पा एकिकृत विकास समाजको आयोजना, वल्र्ड भिजनको सहयोग र रौतामाई गाउँपालिकाको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो ।