Thursday, June 18News That Matters

गाईघाटमा रोजगार मेला सम्पन्न : तस्विर सहित

पूर्णपुष्टि, २० जेष्ठ ।
गाईघाटमा भएको एकदिने रोजगार मेला सफलता पूर्वक सम्पन्न भएको छ । बढ्दो बेरोजगारको अवस्थालाई रोजगारी तर्फ उन्मुख गर्ने भन्दै त्रियुगा नगरपालिकाको आयोजना तथा त्रियुगा उद्योग बाणिज्य संघको सह–आयोजनामा मेला संञ्चालन गरिएको हो ।

शनिवार त्रियुगा नमुना माविमा भएको एक दिने रोजगार मेलाले बेरोजगारी ब्यक्ती र रोजगारदाताहरुबीच सम्बन्ध गराउने पुलको काम गरेको आयोजकले जनाएको छ । सह–आयोजक बाणिज्य संघका अध्यक्ष रमेश रसाईलीले मेलामा तालिम प्रदायक, रोजगारदाता र साना लघुउद्यमीहरु सँग नजिक रहेर सहभागीहरुले मेलाको अनुगमन गरेको जनाए । जसमा रोजगारका लागि ६५ जना तालिमका लागि ३९ जना र कार्यरत अभ्यास सहित १० महिने तालिमका लागि १९ जनाले फर्म भरेको रसाईलीको भनाई छ । फर्म भर्ने सबैलाई आवश्यक अनुसार रोजगारदाताहरुले काम उपलब्ध गर्ने जनाईएको छ ।

रोजगारदाताहरुले आफुलाई आवश्यक भएको अनुसारनै पर्म भराएको हुँदा समन्वयको आधारमा फर्म भर्नेहरुलाई काम उपलब्ध गराउने जनाईएको हो । श्रीजा ब्युटि पार्लरकी प्रशिक्षक सुस्मित बस्नेतले ब्युटि पार्लरका लागि ३५ जनाले फर्म भरेको जनाईन् । र्फम भरेकाहरुलाई अन्तरवार्ताबाट छनोट गरी ब्यवसायीक रुपमा काम गर्न चाहानेहरुलाई तालिम प्रदान गर्ने जनाईन् । तालिम पश्चात आवश्यक अनुसार काम समेत उपलब्ध गराउने जनाईन् । यस्तै काष्ठ फर्निचर ब्यवसायी कुमार तामाङले आफ्नो उद्योगमा फर्म भर्नेहरुलाई पहिला तालिम उपलब्ध गराउने जनाए । निशुल्क तालिम सँगै ३ हजार पैसा समेत उपलब्ध गराउने पनि जनाए । काममा पोख्त भएपछि काममा पनि सहभागी गराउने जनाए ।

मेलामा श्रीजा ब्युटि पार्लर, होटल ब्यवासायी संघ, प्रधामन्त्री रोजगार, क्युपेक नेपाल, एक्पोर्ट टेक्नीकल कलेज, कष्ठ फर्निचर व्यवसायी संघ लगायतले तालिम र रोजगारका लागि फर्म भराएका थिए ।
तालिमको उद्घाटन गर्दै कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले देशको बेरोजगारीका कारण राजनितिक दलहरु मुख्य दोषी रहेको जनाए । आज नेपाली युवाहरु घर परिवार चलाउनकै लागि देश बाहिर ४८ डिग्रीको घाममा काम गर्न पर्ने बाध्यता रहेको जनाए । उनले देशमा राजनितिक असल सफल र स्थीर नरहेको भन्दै यस्तो अवस्था सिर्जना भएको जनाए ।

त्रियुगा नरपालिकाका मेयर वसन्त वस्नेतले रोजगारका लागि ज्ञान सिप र जानकारीका लागि रोजगार मेलाको आयोजना गरेको जनाए । नेपालमा बेरोजगारीको अवस्थाले भौतारीने अनि अन्तिममा हरेस खाँदै पारिवारीकका कारण डिप्रेसनमा जाने नेपालीहरुका बाध्यता रहेको मेयर वस्नेतले जनाए । त्यस्ता समस्याका समधानको लागि पनि रोजगार मेला एक महत्वपूर्ण कार्यक्रम रहेको जनाए ।
मेलामा रोजगार सिप संग सम्बन्धीत सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ संस्थाहरु सहित उद्योग, व्यापार, प्राविधिक कार्यलय, प्राविधिक विद्यालयहरुको भव्य सहभागी रहेका थिए । साथै मेलाकै अवसरमा जिल्ला ट्राफिक कार्यलय उदयपुरले दुर्घटना सम्बन्धि सचेतनाको तस्विरहरु पनि प्रदर्शन गरेका थिए ।