
पूर्णपुष्टि, चैत्र १२ । गाईघाटमा सायौँ महिलाहरुले आफुहरु लघुवित्तबाट अत्यादिक मात्रामा पिडित भएको जनाएको छ । सामान्य ऋण लिएकै आधारमा लघुवित्त संस्थाहरुले आफ्नो घरमा आएर यातना दिने र गाली व्यजत गर्ने सम्मको काम गरिरहेको जनाईन् । उनिहरुले आफुहरुको सामान्य ऋण तिर्न बाँकी रहँदाको अवस्थामा त्यसका लागि केहि समयको माग गर्दा गर्दै अमानविय ब्यवहारले घरबाट सामानहरु उठाउने, खसी बाख्रा डोराउने जग्गाको लालपुर्जा राख्ने र समाजकै अगाडी गाली ब्यजत सम्म गर्न लघुवित्तहरु पछि नपरेको महिलाहरुको भनाई छ । हामिले पैसा तिछौँँ भन्दा भन्दै उनिहरुले ज्याजति गर्छ, पैसा खोज्ने समय माग्दा पनि मानविय ब्यवाहर गर्दैन् महिलाहरु सुनाउँछिन्” “ त्रियुगा नगरपालिका वडा नं ८ उत्राईटोलकी भिममाया दनुवारले गुँरास लघुवित्त संस्थाबाट १ लाख रुपया ऋण लिएकी थिईन् । त्यसबापत उनिले सबै किस्ता बुझाएर एक किस्ता मात्रै बुझाउनु बाँकी थियो । दनुवारका अनुसार ६ किस्ता दिएर एक किस्ताको लागि आफु पैसा खोज्न गएको बेला लघुवित्तका महिला समूहर कर्मचारीहरुले आएर आफु घरमै नभएको मौकामा सामान उठाएको बताईन् । https://fb.watch/jw-oX3biUH/

उनले ४ ओटा बटम, दुईओटा डायर र दुईओटा सिलिण्डर उठाएको जनाईन् । यस्तैगरी त्रिनपा ५ कुमारी चोक देउरीकै अर्का महिला कुमल कुमारी चौधरीको पनि पिडा उस्तै छ । उनले पनि जिवन विकास लघुवित्तबाट एक लाख रुपयाँ लिएकी थिईन् । उनले लघुवित्तलाई करिब १५ हजार हाराहरीमा मात्रै पैसा तिर्न बाँकी रहेका थिए । उनले आफ्नो बचतबाट मिलाउन संस्थालाई अनुरोध समेत गरिन र नपुगेको थपिदिन्छु भनिन् त्यसरी अनुरोध गर्दा लघुवित्तले नमानेको उनिले गुनासो सुनाईन् । उल्टै रातको ९÷१० बजेको समयमा घरमै आएर आफुलाई आपत्त बनाएको र आफ्नो एटिएम दिएर पठाएको बताईन् । एटिएम लिएर उनिहरुले आफ्नो किस्ता बापत रकम लगरे पनि अर्को दिन आएर आफुलाई अपमान शब्दहरुले गाली गरेको समेत जनाईन् ।

यस्तै त्रियुगा नगरपालिका ९ डाँडाँटोलकी अनिता दनुवारको पनि जिवन लघुवित्त संस्थाले घरको सामान एलसिडी उठाएको जनाईन् । घरमै रहेको एलसिडी समूहका साथीहरु र कर्मचारहरु मिलेर उठाएको जनाईन् । उनीले त्यहाँबाट ५० हजार ऋण लिएको र करिब सकिन लाग्दाको अवस्थामा लघुवित्तले असामाजिक व्यवहार प्रयोग गरेर आफ्नो घरको सामान उठाको जनाईन् ।

यस्तैगरी त्रिनपा ८ की हरियावती चौधरीले छोरीको नामबाट सरोजगार लघुवित्त संस्थाबाट ऋण झिकेकी थिईन् । उनीले ऋण फिर्ता गर्न घरका समस्याले गर्दा ढिलाई भैरहेको थियो । लघुवित्तको चेपुवामा परेका उनिको घरमै आएर खसि बाख्रा तान्ने काम गरेको जनाईन् । उनले आफ्नो खसि बाख्रा तानेपछि उनिहरु विरुद्ध प्रतिकार गर्दै खसि बाख्रा फिर्ता गरेको जनाईन् । उनिले आफुले ७७ सालमा बुझाएको पैसा रसिदमा समेत नचढाएको जनाईन् । सोझो साझाहरुको पासबुकमा उनिहरुले मनपरी हिसावले रकमहरु नचढाएको मसेत सुनाईन् ।

यता देउरी कुमारी चोककै झौँली कुमारी चौधरीको त अझै जग्गै राखिदिएको छ । ओमी लघुवित्त संस्थाले पटकपटक गरी दुई चोटी जग्गा थपेर लालपुर्जा राखेको जनाईन् । चाधरीका अनुसार ३ लाख ऋण लिएकोमा उनले पहिलो पटकको जग्गा नपुगेर फेरीे आफ्नो जग्गा थपेर ५ लाख पुराएको जनाईन् । चौधरीको एक छोरा बिरामी छन् भने श्रीमान बेपत्ता छन् । उनिले ६ हजार बढी ब्याज मात्रै तिर्नु पर्ने तर यसका लागि आफुहरु सँग कुनै स्रोत नभएकाले अब भने तिर्न नसक्ने जनाईन् । श्रीमानको कुनै ब्यावाहर नहुने र आफुमात्रै घर ब्यावहार चलाउनु पर्नाले सबै ऋणका कारण आफु बढी नै चिन्तीत हुन थालेको जनाईन् ।

लघुवित्त ज्याजति संघर्ष समितिका त्रियुगा नगर उपाध्यक्ष मनिता कार्कीले लघुवित्त संस्थाहरुले आफुलाई पायक मर्ने मात्रै नियमहरु बनाएर सोझोसाझा बचतकर्ता तथा ऋण लिने महिलाहरुलाई बिचल्ली बनाउने काम गरेको जनाईन् । सुरुमा धेरै सेवासुविधाहरु देखाएर घुसाउने अनि पछि आफुले चाहेको बेला निस्कन नपाउने, ऋण तिर्न समय माग्दा ब्यावाहरिक पाटोलाई नहेर्ने र अन्तिममा सेवा सुविधा पनि बिभिन्न बाहानामा कटाई सकेको हुने जनाईन् ।

कार्कीले पहिले आफुहरुलाई त्यस बारे थाहा नभएको र पछिल्लो समय आफ्नो सँगै अन्य महिलाहरुको पिडा सुन्दा लघुवित्त लुटि खाने संस्थाको रुपमा स्थापना भएको जनाईन् । उनले बिभिन्न बाहानामा प्रत्येक दिनकै पैसा कटाउने र पछि तपाईहरु निस्कदा दिने भनेर कोषमा राखेको पैसा पनि नदिने गरेको सुनाईन् । लघुवित्तहरुले अन्तिममा बचत नै नभएको भन्दै पैसा फिर्ता गर्न नसक्ने बताउने गरेको जनाईन् । उनले दश हजार किस्ताका लागि आफुलाई गाली ब्यजत गर्नुका साथै कालो सुचिमा लाउने सम्म धम्की दिने गरेको जनाईन् । उनले पछिल्लो समय संघर्ष समितिका कारण आफुहरुलाई केहि सहज भएको समेत जनाईन् । यी महिलाहरु त सामान्य उदाहरण मात्रै गाईघाट सँगै उदयपुर जिल्लैभरी यस्ता पिडित महिलाहरु हजारौँ रहेको उनिहरुले बताएका छन् । यसरी चर्को ब्याज एकलौटी नियम यातनाको दलदलमा परेको गरिब महिलाहरुको उद्धारकै लागि देशव्यापी रुमा लघुवित्तहरुको चर्को बिरोध र खारेजको माग राख्दै आएको छ ।
महिलाहरु भन्छन्, लाघुवित्त आवश्यक छैन्
संघर्ष समितिका त्रियुगा नगर अध्यक्ष तविता राईले लघुवित्त संस्थाहरुले सोझो साझा नागरिकहरुलाई लुट्ने काममा अग्रसर रहेको जनाईन् । ऋण दिने बाहानामा उनिहरुलाई तनाव यातना र तोकिए भन्दा बढी ब्याजमा गरिबकै ढाँड सेकाउने काम गरेको बताईन् । राईका अनुसार अझै पहाडी भेगका ऋण लिने मान्छेहरुलाई त झनै चर्को ब्याज असुल्ने गरेको समेत खुलाईन् । राईले लघुवित्तहरुले नियम विपरिद कामको आधारमा नागरिकहरुलाई लुटिरहेको जनाईन् । ऐन एकातिर लघुवित्तहरु अर्कोतिर गरेर गरिवीहरुको उठिवास लगाउने काममा सरिक भएको जनाईन् । लघुवित्तहरुले आफ्नो संस्था र कर्मचारीमुखी मात्रै नियम बनाएको जनाईन् ।

ऋण लिने र बचतका लागि सदस्यहरुलाई कुनै पायक नपर्ने खाले वाईयात नियमहरु लगाएको जनाईन् । यस्ले गर्दा संस्थामा उनिहरुको मात्रै नियम लागु हुने र उनिहरुमात्रै धनिहुने गरेको जनाईन् । लघुवित्तको झन्जटका कारण पहिल्यै निस्केकी मुईयाँ कुमारी राईले लघुवित्तले भन्झडमै सताउने गरेको अनुभव सुनाईन् । उनी त्यो झन्जट बाट बच्नकै लागि त्यहाँबाट निस्केको जनाईन् । अरुले नतिरेको रकममा आफुहरुलाई अल्झाउने निस्कन नदिने नियम सबैभन्दा बढी खराब रहेको जनाईन् । संस्थामा एउटाले के गर्छ त्यसको भागेदारमा आफुलाई पनि पारेर निस्कन मिल्दैन भन्ने खराब नियम लघुवित्तको रहेको जनाईन् । आफुलाई कुनै समय पैसाको माहामारीमा बचत फिर्ता माग्दा पनि उनिहरुले बचत फिर्ता र निस्कन नदिने जनाईन् । यस्तो यातना र पिडामा महिलाहरुले ऋण लिनु र तिर्नु पर्दाखेरी लघुवित्त गरिब जनता र उत्पिडित महिलाहरुको खातिर नभएका कारण यसको आवश्यक नरहेको उनिहरु बताउँछीन् । धेरै महिलाहरुले यस्तो नियम र यस्ता लघुवित्तहरुलाई तत्काल खारेज गर्नु पर्ने माग समेत राख्दै आएका छन् ।
बाणिज्य बैँकले तोकेको ब्याजविपरिद चर्को ब्याज असुली
महिलाहरुका अनुसार लघुवित्तहरु महिलाहरुको हकहितमा नचलेको जनाईन् । चर्को ब्याज असुल्दै धनि भएको कर्मचारी र लगानीकर्ताहरुले आफुहरुलाई थप पिडा दिने गरेको जनाईन् । १५ प्रतिशत तोकिएको ब्याजको नियम लागु नगरी ३६ प्रतिशत माथी मनपरी ब्याज लिने गरेको जनाईन् । लघुवित्तहरु नियम कानुसँग कुनै सम्बन्ध राख्दैन, महिलाहरु भन्छिन्”, संघर्ष समिति अध्यक्ष तविता राईले आफुहरु बिरोध कार्यक्रममा बिभिन्न ठाउँमहरुमा सहभागी हुँदै गर्दा ४० प्रतिसत सम्म महिलाहरुको ब्याज असुल्ने काम गरेको पाईएको जनाईन् ।

