Friday, July 31News That Matters

गाईघाटमा श्रीमानको संकास्पद मृ*त्यु, मुखभरी बि*ष दलिएको अवस्थामा श्रीमती गम्भीर

पूर्णपुष्टि, फागुन १

उदयपुरको गाईघाटमा ६६ बर्षिय एक पुरुषको संकास्पद मृ*त्यु भएको प्रहरीले जनाएको छ । त्रियुगा नगरपालिका ११ सिवालय टोलका बिरेन्द्र कुमार राई संकास्पद अवस्थामा मृ*त फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मृतक राईको श्रीमती पनि गम्भिर अवस्थामा फेला परेको प्रहरीले बताएको छ । प्रहरीको अनुसार मृतका श्रीमती रिता राई पनि मुखभरी बि*ष लतपतिएको अवस्थामा फेला परेको जनाएको छ ।

उदयपुर प्रहरी प्रमुख एसपी भिम वहादुर दाहालले श्रीमान बिरेन्द्रको जिउभरी निलडाम देखिएको हुँदा संकस्पद मृ*त्यु भएको हुन सक्ने बताए । दाहालले यस बिषयमा अनुसन्धान भईरहेको पनि बताएको छ । एसपी दाहालको अनुसार श्रीमतीले श्रीमानको ह*त्यापछि बि*ष सेवन गराएर बार्दलीबाट फालिदिएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको जनाए ।

ह*त्याको आसंकामा केहि व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिएको प्रहरी स्रोतले बताएको छ । मृतक राईको श*ब आफन्त आउन बाँकी रहेकाले उनकै घरमा राखिएको छ भने घाईते श्रीमतिलाई जिल्ला अस्पताल उदयपुरबाट थप उपचारको लागि बिराटनगर लागिएको छ ।