Friday, July 31News That Matters

महिलाको बिबादमा चक्कु प्रहार हुँदा २ युवा घाईते

पूर्णपुष्टि, माघ ३०

महिलाको बिवादमा चक्कु प्रहारबाट रौताहटमा २ जना घाईते भएका छन् । रौताहटको गौर नगरपालिका ७ सिसवा टोलमा भएको चक्कु प्रहारबाट सुरेश दास र अनिल दास घाईते भएका छन् । उनिहरु दुवै गौर नगरपालिका १ का हुन् ।

छिमेकीले आफुलाई दुख दिएको भन्दै महिलाले आफन्त २ जनालाई बोलाएकी थिन् । ति महिलाको श्रीमान वैदेशिक रोजगारमा रहेको प्रहरीले बताएको छ । गएराति स्थानीय राम सोगारथ पासवान ती महिलाको घरमा प्रवेश गर्न खोज्दा महिलाले फोन गरी आफन्तहरु बोलाएपछि पासवानका छोरासहितका आफन्तले महिलाका दुई भाईलाइ चक्कु प्रहार गरेका हुन् ।

राम सोगारथका छोरा राजु पासवान, आफन्त बालदेव पासवान, विसु पासवान, राजन पासवान र विकास पासवानले चक्कु प्रहार गरेको महिलाले बताइन् । गम्भीर घाइते दुवै युवकको गौर अस्पतालमा उपचार भइरहेको छ ।