Sunday, May 17News That Matters

के तपाईमा यस्तो बानी छ ? समय अगावै लाग्छ बुढेसकाल, सावधान हुनुहोस्

पूर्णपुष्टि,माघ ३०

उमेर बढेसंगै मानव शरीरमा पनि विभिन्न परिवर्तणहरु देखा पर्न थाल्छ । मावन शरीरमा उमेर बढेसंगै छाला चाउरीने, कमजोरीपना महशुस हुनु, कपाल फुल्नु जस्ता लक्षणलाई स्वभाविक मानिन्छ । तर हाम्रो साना–साना गल्तिका कारण समय भन्दा अगावै बुढेसकालको लक्षण देखा पर्न थाल्छ । यसको कारण हाम्रो जीवनशैलीले हाम्रो स्वास्थ्यमा निकै ठूलो असर पार्ने गर्छ । हामीले दैनिक अपनाउने केही बानी यस्ता हुन्छन् जसका कारण बुढेसकालको लक्षण समय अगावै देखिन थाल्छ । हामी आज तपाईंलाई यस्ता बानीबारे जानकारी दिँदै छौं जसले हामीलाई समय अगावै बुढो बनाउन सक्छ, यस्ता बानीलाई हामीले तत्कालै परिवर्तन गर्न आवश्यक छ ।

१.बोतलबाट पिउनु :–

जब हामी कुनै ड्रिङ्क बोतलबाट पिउँछौं भने हाम्र्रो ओठको चारैतिर एक संकुचन हुन्छ । यसले अनुहारमा समय अगावै लाइन र चाउरी देखिन सक्छ । तपाईंले गिलास वा कपबाट नै जुस पिउने बानी बसाल्नु पर्छ ।

२.जंक फूड वा कोल्ड ड्रिङ्क :–

जंक फूडमा धेरै नै ट्रान्स फ्याट, नुन र चिनी हुन्छ । यसमा पोषक तत्व शून्य बराबर हुन्छ । जंक फूडले शरीरबाट कोलोजनको मात्रा कम गर्छ । कोलेजनले अनुहारमा चाउरी पर्नबाट रोक्छ । यस्तै सोडा र कोल्ड ड्रिङ्क्सले पनि अनुहारमा चाउरी पना ल्याउने गर्दछ । सकेसम्म जंक फूड वा कोल्ड ड्रिङ्क नखानु स्वास्थ्यको लागी निकै राम्रो हो ।

३.रक्सीको अत्यधिक सेवन :–

केही अनुसन्धानका अनुसार जो मानिसहरु रक्सीको अत्यधिक सेवन गर्छन्, उनीहरुमा बुढेसकालको लक्षण चाँडै नै आउने गर्छ । रक्सीको अत्यधिक सेवनले आँखा मुनी कालो दाग, अनुहारमा चाउरी र डिहाइड्रेशन हुने गर्छ । रक्सी सेवन स्वास्थ्यको लागि हानिकारक भएकोले यसबाट टाढै रहनु अति उत्म हुन्छ ।

४.घोप्टो परेर सुत्नु :–

सुत्दा शरीरले ऊर्जा प्राप्त गर्छ तर यदि तपाईं घोप्टो परेर सुत्नुहुन्छ भने तपाईंमा बुढेसकालको लक्षण चाँडै नै आउन सक्छ । एस्थेटिक सर्जरी जर्नलमा छापिएको एक अनुसन्धानका अनुसार घोप्टो परेर सुत्दा अनुहारमा सिधा दबाब पर्छ जसका कारण चाउरी पर्न थाल्छ । त्यसैले तपाईंले आफ्नो सुत्ने तरिकामा परिवर्तन गर्नुपर्छ ।

५.निद्रा अपुग हुँदा :–

निद्रा पूरा नहुँदा पनि अनुहारमा चाँडै नै चाउरी पर्न थाल्छ । निद्रा पूरा नहुँदा पूरा रुटिन बिग्रने गर्छ । यसको असर शरीरमा पनि पर्छ । युनिभर्सिटी हस्पिटल केस मेडिकल सेन्टरको एक शोधमा निद्रा पूरा नहुनेहरुको अनुहारमा अत्यधिक चाउरी देखिएको पत्ता लागेको छ । साथै यसको एक प्रमुख कारण तनाव पनि मानिएको छ । त्यसैले रातमा ८ घण्टाको निन्द्रा पुरा गर्नु अति आवश्यक छ ।