
पूर्णपुष्टि,जेष्ठ १ । ओएसआर रियालिटी युट्यव च्यानलले सञ्चालन गरिरहेको र्याप स्टार रियालिटी शोमा अहिलेसम्मको यात्रामा अपराजित प्रतिश्पर्धी सुन्सरीका आयुष राई (एम पोइन्ट) अहिले टप–६ मा छन् । एमपोइन्टलाई जिताउँन भोट अपिलका लागि मंगलवार गाईघाटको पिपल चौकमा GCITY-SK8RS(UDSSA) AND G-CITY HOOD को आयोजना गरिने भएको छ । टप–६ मा पुगेपछि उनले आफू लगातार प्रतिष्पर्धामा उकालो लागिरहेकोमा आफ्नो मेहनत र शुभचिन्तकहरुको सहयोगको हात रहेको बताए ।
यस कार्यक्रमलाई नेपाल स्प्रिङ वाटरले स्पोन्वर गरेको छ भने नबिन कोल्ड स्टोर र इनर्जी फिटनेसले सहयोग गरेको छ । बिभिन्न चरणहरु पार गर्दै अन्तिम ६मा पुग्न सफल भएका र्याप स्टार प्रस्पिर्धी राईलाई जिताउँने यो अभियानमा बिभिन्न कलाकारहरुको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ । कार्यक्रम मध्यान्नको ४ बजे देखि सुरु हुने जनाएको छ ।
एमपोइन्टलाई समर्धन गर्न पुर्वका बिभिन्न ठाउँहरु जस्तै चक्रघटि, फत्तेपुर हुँदै भोली मंगलवार गाईघाटको पिपल चौकमा स्ट्रिड हिपअपको आयोजना हुने भएको हो ।
कसरी दिने भोट ?
एम पोइन्टलाई भोट गर्नका लागि मोवाइल फोनमा प्ले स्टोरबाट ओएसआर कनेक्ट एप डाउनलोड गर्नुपर्छ । उक्त एप खुलेपछि र्याप स्टार रियालिटी शोमा सफलको फोटो देखिन्छ । उक्त फोटोमा क्लिक गरेपछि भोट गर्ने प्रक्रिया अघि बढ्छ ।

