Wednesday, June 10News That Matters

लिम्चुङबुङबाट पनि श्रम स्वकृती सेवा सुरु

पूर्णपुष्टि, २ जेष्ठ ।
लिम्चुङबुङ गाउँपालिकाले पनि बैदेशिक रोजगारका लागि श्रम स्वीकृती पालिकाबाटै सुरु गरेको छ । पालिकाले सूचना प्रकाशित गर्दै अब श्रम स्वीकृत गर्न काठमाण्डौँ धाउनु पर्ने समस्या हल भएको जनाए । फोरेन्स एम्प्लोमेन्ट ले अनलाईन आवेदन कार्य मार्फत स्थानीय तहको रोजगार सेवा केन्द्रबाट गर्ने गरी मन्त्री परिषदको निर्णय अनुसार सो कार्य अगाडी बढाईएको पालिकाकी रोजगार संयोजक रुपा राईले जनाईन् । बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन नेपाल सरकारबाट श्रम स्वीकृत अनिवार्य लिनु पर्ने प्रावधान छ । यसका लागि श्रम स्वीकृति गर्न रोजगारमा जानेहरुले काठमाण्डौँमा गई गर्नु पर्ने अवस्था थियो । तर बैशाख १ गते बाट भने श्रम स्वकृतीको जिम्मेवारी स्थानीय तहलेनै पाएको हो । यसरी स्थानीय सरकारबाटै श्रम स्वीकृत हुन थालेपछि वैदेशिक रोजगारलाई थप सहज भएको संयोजक राईको भनाई छ । यस कार्यले सयम र पैसाको नासलाई नियन्त्रण गरेको राईले जनाईन् ।