Monday, April 20News That Matters

गाईघाटमा सेनाको ट्रकले ठक्करदिँदा मोटरसाईकल चालक गम्भिर घाईते

पूर्णपुष्टि÷गाईघाट, कार्तिक २१ । उदयपुरको सदरमुकाम गाईघाटस्थित मदनभण्डारी आखाँ अस्पताल नजिकै नेपाली सेनाको ट्रकले ठक्करदिँदा मोटरसाईकल चालक गम्भिर घाईते भएको छ ।  घाईते हुनेमा झापाको कमल गाउँपालिका–५ बस्ने अन्दाजी ३७ बर्षीय गोपाल बहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारमान दोङका अनुसार शुक्रबार दिउँसो १२ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको श्री पशुपती प्रसाद गण बोक्से ब्यारेकको बा १ ग २४४० नम्बरको ट्रकले पूर्वबाट पश्चिम तर्फ जादैँ गरेको को २० प ४२३२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट गम्भिर घाईते भएका सार्कीलाई तत्काल जिल्ला अस्पताल उदयपुरमा लगी सामान्य उपचार पश्चात विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको र घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।