Wednesday, April 22News That Matters

गाईघाटमा २२ गतेदेखी प्रथम स्व. दिपक (दोर्पाली) स्मृति फुटवल प्रतियोगिता हुने

पूर्णपुष्टि, १५ बैशाख ।
गाईघाट स्थित साकेला टोलमा प्रथम स्व. दिपक (दोर्पाली) स्मृति फुटबल प्रतियोगिता हुने भएको छ । त्रियुगा नगरपालिका ११ साकेला खेल मैदानमा प्रतियोगिता हुने आयोजकले जनाएको छ । आयोजक साकेला युवा समुहले शनिवार प्रतियोगिताबारे पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । खेलमा १० ओटा टिमहरु सहभागी भएको जस मध्ये त्रियुगा नगरपालिका बाहिरको पनि टिम सहभागी रहेको अयोजकले जनाएको छ । प्रतियोगिताका बिजेताले रु २० हजार नगद ट्रफि र प्रमाण पत्र पाउने छ भने उपविजेता टिमले रु १० हजार नगद र ट्रफि र प्रमाण पत्र पाउने छ । खेल २२ गते देखी सुरु भई २९ गते समापन हुने आयोजकले जनाए ।