Wednesday, April 22News That Matters

गाईघाटमा ७ दिने कुसन बुनाई तालिम सुरु

पूर्णपुष्टि, ३१ जेष्ठ ।
गाईघाटमा ७ दिने कुसन बुनाई तालिम सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना तथा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरको समन्वयमा तालिम सुरु भएको हो । तालिममको उद्घाटन त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईले गर्नु भयो । तालिममा २० जना महिलाहरुलाई सहभागी गराईएको छ ।

सिप मानिसको बाँच्ने आधार रहेको भन्दै महिलाहरुलाई आत्मानिर्भर बनाउन यस तालिमले मदत पुराउने घरेलु कार्यालय उदयपुरका प्रमुख नरेन्द्र पराजुलीले जनाए । पराजुलीका अनुसार कार्यालयले महिला, अपाङगता भएका व्यक्तिहरु र पछाडीएका समुदायहरु जस्ता लक्षित वर्गलाई बिभिन्न तालिमहरु उपलब्ध गराउँदै आएको जनाए । यो सँगै उद्यमीहरुलाई एड्भान्स तालिम तथा प्रविधिहरुको व्यवस्था र उद्योग तथा उद्यमीहरु उत्पादनका लागि यसरी बिभिन्न नयाँ सिपहरु सिकाईदै आएको प्रमुख पराजुलीले जनाए । प्रमुख अतिथि समे रहेकी महेश्वरी राईले तालिमलाई सफलताको शुभकामना व्यक्त गरिन् । उनले अन्य तालिमहरुमा आफ्नो महत्वपूर्ण साथ सहयोग रहने भन्दै तालिम लिएर सफल उद्यमी र व्यवसायी बन्न सहभागीहरुलाई राईले अनुरोध गरिन् ।

तालिम समन्वय समेत गरेको सिलाई व्यवसायी संघकी अध्यक्ष ज्ञानु प्रदानले घरेलुको सहयोगमा धेरै महिलाहरुलाई सिप प्रदान गर्न सफल भएको जनाईन् । उनले बिगतमा पनि सिलाई कटाई लगायतका तालिमहरुलाई आफ्नो संस्थाले समन्वय र सहकार्य गरी सहयोग गरेको जनाईन् । कार्यक्रममा उद्यमी, व्यवसायी, घरेलु माहासंघ लगायतको उपस्थिति रहेको थियो । तालिम नेपाल कपडा तथा सिलाई व्यावसायिक संघको भबनमा भैरहेको छ भने तलिमलाई संघकै अध्यक्ष ग्यानु प्रधानले सहजीकारण गरिरहेकि छिन ।