गाईघाट थारुहट रंगशालामा ओपन जिम संञ्चालन

पूर्णपुष्टि, असोज २५
त्रियुगा नगरपालिका १३ थारुहट रंगशालामा ओपन जिम संञ्चालनमा आएको छ । सोमवार त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरी तथा उपमेयर देवी कुमारी चौधरीले निर्माण गरिएको ओपन जिमको संयुक्त उद्घाटन गर्नुभयो ।

ओपन जिमको उद्घाटन गर्दै मेयर चौधरीले जिम स्वास्थ्यको लागि अति आवश्यक चिज रहेको जनाए । मेयर चौधरीले त्रियुगा नगरको नारालाई पुरा गर्न यस ओपन जिमले थप सहयोग पुगेको बताए । मानव जिवनमा स्वास्थ्य अत्यावश्यक क्षेत्र रहेको भन्दै अव थप स्वास्थ्यका लागि यस जिमले ठुलो महत्व राख्ने चौधरीले बताए ।


मान्छेले स्वास्थ्यको लागि धेरै खर्चेर निजि जिम हलरुमा जानु पर्ने बाध्यतालाई अन्त्य गर्दै यसलाई व्यवस्थीत तरिकाले सबैले प्रयोग गर्न पाउने मेयर चौधरीको भनाई छ । जिमका लागि आवश्यक सम्पूर्ण भौतिक साधनहरुलाई खुल्ला फिल्डमै जडान गरी ओपन जिमको सुरुवात गरिएको त्रियुगा नगरपालिका युवा तथा खेलकुद विकास समिति उदयपुरका अध्यक्ष प्रदिप श्रेष्ठले बताए । अब यसलाई थप सुरक्षित गर्न धारबारको कार्यलाई अग्रता दिईने अध्यक्ष श्रेष्ठले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0