Monday, July 27News That Matters

गाईघाट दुर्घटना : बजार तनाव ग्रस्त, सवारी तोडफोड : तस्विर सहित https://wp.me/pbHTHl-gxi

पूर्णपुष्टि, चैत्र २६ । उदयपुरको गाईघाट बजारमा माल बहाक ट्रकले मान्छे मारेपछि बजार तनाव ग्रस्त अवस्थामा रहेको छ । आईतबार बिहानीको समयमा मदन भण्डारी राजमार्ग मेनचोक अगाडी काठमाण्डौँ बाट झापा जाँदै गरेको मे १ ख २१८४ नं को मालबाहक ट्रकले साईडबाट बाटो क्रस गर्न लगेको प्र. १–०५–००१ प. ६१५९ नं को मोटरसाईकल लाई ठक्कर दिएको थियो । ट्रकले ठक्कर दिँदा मोटर साईकाल चालक त्रियुगा नगरपालीका १४ बस्ने बर्ष ४३ को तारणी मगरको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उक्त दुर्घटना प्रति आफन्तहरुले आपत्ति जनाउँदै गाईघाट बजार पूर्ण वन्द गर्नुका साथै आन्दोलन गरिरहेको छ ।

उनिहरुले लाशको कुनै मुचुल्का र आफन्तको रोहबर बिनानै लाश उठाएको भन्दै आन्दोलन सुरु गरेको हो । उनिहरुले आफन्तहरु भएर पनि प्रहरी प्रशासनले आफुखुसी लास उठाई रहस्मय घटना बनाउन खोजेको आरोप लगाएको छ । उनिहरुले कानुनी प्रक्रिया विना लाश उठाएकोमा आपत्ति जनाउँदै यसको जवाफ देही प्रहरी प्रशासन आफै हुनु पर्ने समेत जनाए । आन्दोलनकारीहरु ३ ओटा सवारी समेत तोडफोड गरेको छ । एउटा ट्रक एउटा बोलेरो र एउटा अटो टेम्पोमा आन्दोलनकारीहरुले क्षेती पुराएको छ । लाश जिल्ला हस्पिटलमा राखिएको छ ।