Sunday, May 17News That Matters

गाईघाट बाट करछलीको अबैध कोल्ड्रिङको सामानहरु बरामद, सामान छुटाउन प्रहरीलाई २५ हजार घुस दिने वस्नेत पक्राउ

पूर्णपुष्टि, साउन ५

उदयपुरको गाईघाटमा करछली ल्याएको अबैध कोल्ड्रिङको सामान प्रहरीले बरामद गरेको छ । आईतबार गाईघाटको त्रियुगा बसपार्क बाट ज १ च १५४६ नं को बुलेरो बाट कोल्ड्रिङका बिभिन्न पिय पदार्थ र अन्य सामाग्रीहरु सहित करिब १ लाख २० हजार ५ सय बराबरको सामाग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

गोर्खा स्ट्रङ वियर -७२ पिस ( ६ काटुन ) रकस्टार वियर -१४४ पिस (१२ काटुन) दिलवाले नामक रक्सि -३६०पिस ( १२ काटुन) गोल्डेन वके 375 ML को २४ पिस, गोल्डेन वके 180 ML को ८पिस , 8848- ७५० ML को ९ पिस, 8848 १८० ML को ३० पिस, पुकार Apple 180 ML को ६० पिस, डिउ 700 ML को ४८ पिस,  बदाम जुस 180 ML को ४८ पिस, फ्रुटि 200 ML को १२० पिस, फ्रुटि 2५० ML को ७२ पिस,  मोटु पतलु चाउचाउ ११ काटुन, अमृत प्लस गुड्का १३ पोका, कबिर सुर्ती ४ पोका, Funcentorबिस्कुट १ काटुन, थुक्पा १ काटुन, centerprute३ बट्टा,RK Apple १२ पिस , गोल्डेन सहारा १ काटुन र १२ पिस, भुजा १ बोरा , आलु चिप्स २ काटुन  गरी ठुलो परिणामा अबैध सामाग्री बरामद भएको हो ।

उक्त समान त्रियुगा नपा  ११ बस्ने टिका बहादुर बस्नेतको भएको र बस्नेतले सामान छुटाईदिन  रु २५,००० ( पच्चिस हजार ) घुस ( रिस्वत) दिन खोजेको प्रहरीले जनाएको छ ।

अबैध सामान र २५ हजार घुस दिन खोज्ने वस्नेतलाई नियन्त्रणमा लिई अभद्र ब्यवहार गर्न नहुने सम्बन्धी मुद्दा दर्ता गरी  आवश्यक अनुसन्धान भईरहेको र बरामद समान ,गाडी आवश्यक कार्वाहीको लागी करदता सेवा कार्यालय गाईघाट उदयपुर पठाईएको उदयपुरका प्रहरी नायव उपरिक्षक बेद प्रसाद गौतमले जानकारी दिनुभयो ।