Sunday, May 17News That Matters

हुरेण्डेको आयोजनामा उदयपुरका २७४६ लाई राहत र १०२८ परिवारलाई सर्वोत्तम पिठो बनाउने सामाग्री वितरण

पूर्णपुष्टि, साउन ५

मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुरले कोरोना बाट प्रभावित परिवारहरुको पहिचान गरी राहत तथा स्वास्थ्य आहारा वितरण कार्यक्रमको आयोजना गरेको छ ।

वल्र्ड भिजन इन्टरनेशनलको आर्थिक सहयोग स्थानीय सरकार तथा स्वास्थ्य केन्द्रहरुको समन्वय र हुरेण्डेकको आयोजनामा जिल्लामा रहेको ६ ओटा पालिकाहरुमा राहत तथा सर्वोत्तमको लागि सामाग्री वितरण गरिएको हो ।

कोरोना भाईरसको चपेटामा परेका उदयपुरका करिब १०२८ घर परिवारलाई सर्वोत्तमको सामाग्री र २७४६ परिवारलाई राहत वितण गरिएको हुरेण्डेक, उदयपुरको अध्यक्ष शंकर बहादुर थापाले बताउनुभयो ।कोरोना भाईरसको चपेटामा परेका उदयपुरका करिब १०२८ घर परिवारमा राहत तथा पौष्टिक आहाराका लागि आवश्यक सर्वोत्तम पिठो बनाउने सामाग्री वितण गरिएको हुरेण्डेक, उदयपुरको अध्यक्ष शंकर बहादुर थापाले बताउनुभयो ।

कार्यक्रममा राहत प्याकेजहरुमा (चामल (मन्सुली) ३० केजि, दाल ३ केजि, चिनी २ केजि, तेल २ लिटर, सावुन (१०० ग्राम) ४ वटा र नुन (आयोडिन) २ केजितथा सर्वोत्तमपिठो बनाउने सामग्रीमा (चामल (मन्सुली) १५ केजि, दाल ५ केजि, चिनी १ केजि, तेल (सुर्यमुखि) १ लिटर, नुन (आयोडिन) १ केजि, गहँुको पिठो (५केजिका)े १ प्याकेटर अण्डा (३०) १ क्यारेटको दरले सामग्री वितरण गरिएको अध्यक्ष थापाले बताउनुभयो ।जिल्लाको २ नगरपालिका र ४ गाउँपालिकामा रहेको प्रभावित तथा ,एकल महिला, अपांङ्गता, अति विपन्न, गर्भवती तथा सुत्केरी घरपरिवार लाई सामाग्री वितरण गरिएको हो । त्रियुगा नगरपालिकाको पहाडी भुभाग १५ नं वडा खाँबु र कटारीको नगरमा ८ नं वडा थलियाटार र ९ नं वडा  लिम्पाटरमा राहत वितरण गरिएको छ भने अन्य गाउँपालिकाहरुमा भने थुप्रै वडाहरुमा राहत वितरण गरिएको छ ।

राहत रौतामाईमा सबै भन्दा बढी वडा नं १ बाहेकको सबै ७ ओटा वडाहरु र लिम्चुङबुङमा सबै भन्दा कम एउटा मात्र वडा ५ नं वडामा मात्रै राहत वितरण गरिएको छ । यता ताप्लीको ४ ओटा वडा १, २, ३, ५ र उदयपुरगढीमा २ ओटा वडा १ र २ मा राहत वितरण गरिएको छ । २७४६ परिवारलाई राहत र १०२८ परिवारलाई सर्वोत्तम पिठोका सामाग्री गरी जम्मा ३७ सय ७४ परिवारलाई संस्थाले राहत प्याकेज वितरण गरेको हो ।