
पूर्णपुष्टि,असार १२ । उदयपुर गाईघाटमा अवस्थित थरुहट रंगशालामा जारी २३औ स्वर्गीय लालशेर राई स्मृति मेयर कप फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा वडा नम्बर १३ र ५ बिजयी भएका छन् । सोमबार सम्पन्न तेस्रो दिनको पहिलो खेलमा वडा नम्बर १३ र दास्रो खेलमा वडा नम्बर ५ले सहज जीत निकालेका हुन् ।
पहिलो चरणको खेल १३ नम्बरले ९ नम्बर (राजाबास)को सामना गरेका थिए । खेलको सुरुवाती चरण देखिनै खेल निकै रोमाञ्चक देखिएता पनि दुवै टिमले निर्धारीत समय सम्म एक अर्काको गोलपोसमा बल चुमाउँन नसक्दा खेल पेनाल्टि सुटआउटमा परिणत भएको थियो । पेनाल्टि सुट आउटमा टिमका ५ जना खेलाडीले पेनाल्टी सुट गरेका थिए ।
पेनाल्टिमा वडा नम्बर १३का तर्फबाट जर्सी नम्बर १३का दिपेश प्रधान, जर्सी नम्बर ३ अनोज चौधरी र जर्सी नम्बर ९का टिका चौधरी गोल गरे । यता राजावाको तर्फबाट ५ जना मध्य जर्सि नम्बर ११का सन्तोश श्रेष्ठले प्रहार गरेको बल मात्र गोलमा परिणत भएका थिए । प्रतियोगिताको म्यान अफ द म्याच भने वडा नम्बर १३का जर्सी नम्बर १८का खेलाडि कौशल राईले नदर रु, १००० प्राप्त गरेको थियो ।
यस्तै सोही दिनको दास्रो खेलमा भने वडा नम्बर ५ (श्रीपुर)ले वडा नम्बर १५ (बरुवा डहर)सँग खेल खेलेका थिए । उक्त खेलमा डहरलाई ० को विरुद्द ५ गोल गर्दै श्रीपुरले फराकीलो जीत निकालेको थियो । प्रतियोगितामा डहरले पहिलो पल्ट सहभागिता जनाएको हो । अन्तत उक्त टिमले पहिलो सहभागितामा नै हार व्यर्होनु पर्यो । खेलसको सुरुवातसंगै खरब खेल प्रदर्शनी गरेका डहरलाई श्रीपुरले लगातार एक पछि अर्को गोलको झट्का दिलाएएको थियो ।
प्रतियोगितामा पहिलो हाफको ६ मिनेट नवित्दै श्रीपुरका जर्सी नम्बर ११का स्ट्राइगर पविन राईले विपक्षी टिमको गोल पोस नजिकै पाएको ह्यान्डबलको सदुपयो गदै पेनाल्टिमा मार्फपहिलो गोल गर्दै खाता खेलेका थिए । पहिलो हाफको अन्तीम समय सम्म पनि डहरले भने कुनै जवाफी गाले फर्काउन नसक्दा पविनले दोस्रो हाफमा लगातार २ गोल गर्दै प्रतियोगितामा पहिलो पल्ट ह्याट्रिक गर्ने खेलाडि भएका थिए । यता जर्सी नम्बर ९का खेलाडि खगेन्द्र राईले पूण १ गोल गर्दै खेललाई दोब्बर अग्रता दिलाएको म्याच कमिस्नर उदय राईले जानकारी दिए । प्रतियोगिताको म्यान अफ द म्याच ह्याट्रिक गोल कर्ता पविन राईले नदर रु, १००० प्राप्त गरेको छ ।
