पूर्णपुष्टि, चैत्र १ । गाईघाट मोतिगडामा रहेको एक लघुवित्तिय संस्थामा ताला लागेको छ । आईतबार त्रियुगा नगरपालिका ३ मोतिगडामा रहेको नयाँ शारथी लघुवित्तिय संस्थामा ताला लागेको हो । अहिले लघुवित्त संस्थाहरुले देशव्यापी रुपमा गरिब जनताहरुलाई उठिबास लगाएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) समुहले ताला लगाएको खुलेको छ । लघुवित्तिय संस्थाहरु प्रति अहिले देशव्यापी रुपमा विरोध र प्रदर्शन हुँदै आएको छ । लघुवित्तिय संस्थाहरु खारेज गर, जनताको लागानी फिर्ता गर, पिडितहरुको ऋण मिनाहा गर भन्ने कालो व्यानर सहित कार्यालयमा ताला लगाईएको छ । उक्त कार्यालयको मुख्य कार्यालय सप्तरी र मोतिगडामा शाखाको रुपमा संञ्चालन रहेको बुझिएको छ ।

