Sunday, June 28News That Matters

गाडीको ठक्करबाट एक जनाको मृत्यु

पूर्णपुष्टि, साउन २

पूर्वी नवलपरासीमा मोटरसाईकललाई गाडीले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ मा गतराति गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

ना ३५ प ३७७३ नम्बरको मोटरसाइकललाई बा १६ च ५०६७ नम्बरको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक विनयी त्रिवेणी –४ बस्ने ४८ वर्षीय रेशम गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

त्यस्तै दुर्घटनामा विनयी त्रिवेणी –५ बस्ने २२ वर्षीया उर्मिला गाहा गम्भीर घाइते भएको छ । उनको  भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।